आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पत्रकार महासंघको टोलीलाई अभिनन्दन

पत्रकार महासंघको टोलीलाई अभिनन्दन


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २८ २०७७, शनिबार

पोखरा, २८ चैत– लामा अमृत फाउण्डेसनले नेपाल पत्रकार महासंघ कास्कीको नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा अभिनन्दन गरेको छ ।
सो अवसरमा बोल्दै पत्रकार महासंघ कास्कीकी नवनिर्वाचित अध्यक्ष एवम् पहिलो महिला नेतृ विमला भण्डारीले पोखरामा भएका सबै संघसंस्थासँग समन्वय गरेर महासंघ अगाडि बढ्ने बताइन् ।
लामा अमृत फाउण्डेशन घान्द्रुकका अध्यक्ष अमृत गुरुङले आफ्ना हरेक कार्यक्रममा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताउँदै गुरुङले महासंघका कार्यक्रममा फाउण्डेशनको संलग्नता रहनेतर्फ जोड दिएका थिए । कार्यक्रममा नवनिर्वाचित सहसचिव श्रीराम सिक्देल, समावेशी सहसचिव रेम विक, महिला सदस्य सपना अधिकारी, दलित सदस्य विजय नेपाली, आदिवासी जनजाति सदस्य पदमकुमार श्रेष्ठ, र खुला सदस्यहरु गीता रानामगर, धन बहादुर गुरुङ (सुमन), युवराज गुरुङ (युनिश), सन्तोष सुवेदी, सन्तोष बस्याल, प्रभु अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->