बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कर्तव्यच्यूत नहोस्, पत्रकारको नेतृत्व

कर्तव्यच्यूत नहोस्, पत्रकारको नेतृत्व


  • Dhorpatan News
  • चैत्र ३० २०७७, सोमबार

सर्वाधिक चासो रहेको नेपाल पत्रकार महासंघको निर्वाचनले नयाँ नेतृत्व दिएको छ । नेपाली कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल महासंघको अध्यक्ष बनेका छन् । युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) पक्षसहित ११ संगठनका साझा उम्मेदवार पोखरेलले आफ्नो निकटम् प्रतिस्पर्धी उमाले निकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मालाई ३ हजार २७ मतले पछाडि पारेका हुन् । केन्द्रमा सोही गठबन्धनको बोलबाला देखिँदा जिल्लातिर भने मिश्रित परिणाम पनि आएको छ । समग्रमा पत्रकार महासंघमा योपटक सत्ता विरोधी गठबन्धनले जितेको छ । माओवादी अध्यक्ष प्रचण्डको पत्रकार महासंघमा जस्तै केपी ओली प्रचण्डलाई चौथो स्थानमा झार्नुपर्ने उद्घोषले नै महासंघको चुनावप्रति कति चासो रहेछ भन्ने प्रष्ट भएको छ । पत्रकारिताले अमुक ‘वाद’को गुलामी गर्दैन, कालोलाई सेतो भन्दैन र ज्यू–हजुृरीमा रमाउँदैन भन्ने विश्वास गरिन्छ । तर, मिसनबाट सुरु भएको नेपाली पत्रकारिता दलीय गन्धबाट मुक्त छैन ।
यहाँ पत्रकार नै कांग्रेस, कम्युनिष्ट वा फलानो पार्टीका भनेर चिनिन्छन् । वास्तविक पत्रकारिता गर्नेहरुलाई दलका अनुयायीले कुनामा पार्ने गर्छन् । पत्रकारहरुको अवस्था र हकहितबारे उनीहरु मौनतासाँध्छन् । यही कारणले नेपाली पत्रकारितामा संख्यात्मक बृद्धि भए पनि गुणात्मक बृद्धि हुन सकेको छैन । विशुद्ध पत्रकारिता गरेर बाँच्न गाह्रो छ । पत्रकारितालाई ‘जम्पिब बोर्ड’ बनाएर राजनीतिक नियुक्ती लिने, नेताहरुबाट हण्डी थाप्ने वा पेशालाई नै गलत धन्दामा प्रयोग गर्नेहरु यहाँ हावी छन् । कोरोनाकालमा हजारौं पत्रकारले जागिर गुमाउँदा नेपाल पत्रकार महासंघको भूमिकामाथि प्रश्न खडा भयो । प्रश्न सेलाउन नपाउँदै चुनाव आयो । चुनावमा पत्रकारहरुले चर्का व्यावसायिक नारा दिए । नारा सेलाएको छैन। अब ती नाराहरुलाई कार्यान्वनय गर्ने काममा नेतृत्वले ध्यान दिनुपर्छ । पत्रकारितालाई सत्ता र राजनीतिक छायाँबाट मुक्त गर्ने प्रयास गर्नुपर्छ । आफ्नो पेशालाई सम्मानित र सुरक्षित बनाउने दायित्व पत्रकार स्वयंकै हो । यो कर्तव्यबाट च्यूत भएमा नयाँ नेतृत्व असफल हुने निश्चित छ । नेतृत्व असफल हुँदा सिंगो पत्रकारिता संकटमा पर्छ । पत्रकारितालाई जोगाउने दायित्वबाट यो नेतृत्व विमुख नहोस् भन्ने नै हाम्रो कामना हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->