बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अस्थिरताको वर्ष नबनोस् २०७८ !

अस्थिरताको वर्ष नबनोस् २०७८ !


  • Dhorpatan News
  • बैशाख १ २०७८, बुधबार

कोभिड–१९ को बढ्दो संक्रमणकै बीचमा २०७७ सालको आवगन भयो । बन्दाबन्दीका कारण घरभित्र बस्न अभिषप्त नेपालीले मन खोलेर नयाँ वर्ष मनाउन सकेनन् । आर्थिक संकटले गाँजेको बेला खुसी साँट्नुभन्दा पनि कसरी हातमुख जोड्ने भन्ने चिन्तामा थिए, नागरिकहरु । कोभिडको अन्त्यहीन संक्रमण कहिलेसम्म कायम रहन्छ भन्ने कुनै आंकलन थिएन । बीचमा कोभिड मत्थर भयो तर त्रास हटेन । २०७७ साललाई बिदाई गर्दा फेरि कोभिड–१९ को संक्रमण ह्वात्तै बढेको छ । नयाँ रुपको कोभिड पहिलेभन्दा बढी शक्तिशाली बनेको छ । २०७८ साललाई दिल खोलेर स्वागत गरौंला भन्ने सोचमा बढ्दो संक्रमणले चिसोपानी खन्याइदिएको छ । सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकैठाउँमा जम्मा नहुन आग्रह गरेको छ । विद्यालयहरु बन्द गर्न सिफारिस गरिएको छ । कोभिड फैलिएसँगै केही गति लिन थालेको अर्थतन्त्र सुस्ताउने सम्भावना बढेर गएको छ । बितेको वर्ष साँच्चै कष्टप्रद रह्यो । रोजगारी गुम्दा नागरिकहरु आँसु पिएर बस्न अभिषप्त भए । सरकारले कोभिड–१९ रोकथाम र उपचारका लागि प्रभावकारी कदम चाल्न सकेन । राहतका कार्यक्रमहरु उस्तै प्रभावहीन रहे । सरकार आफ्नै पार्टीभित्र देखिएको बिग्रहमा अल्मलिन पुग्दा नागरिकहरु अभिभावकविहीन बने । वर्ष सकिनैलाग्दा कोभिडविरुद्ध खोप निस्क्यो । खोपको सफलताले विश्व खुसी भयो । नेपालमा पनि भारतबाट १० लाख डोज खोप भित्रियो । अहिले चीनबाट पनि खोप आएको छ । नयाँ प्रजातिको कोभिड भाइरसका कारण विश्व त्राहित्राहि बन्न पुगेको छ । यसबाट कसरी बच्ने भन्नेबारे सरकारको फितलो तयारीले नागरिकलाई झन चिन्तित बनाएको छ ।
भित्ताको पात्रो फेरिनुमात्रै हैन, नयाँ वर्षको आगमन । नयाँ वर्ष उमंग र नयाँ सोच लिएर आउनुपर्छ । व्यक्ति र राष्ट्रको जीवनमा नयाँ संकल्प लिने वातावरण बनाउनुपर्छ । तर, दुर्भाग्य सरकारको मति ठीक छैन । प्रचण्ड बहुमतको सरकार अल्पमतमा परेको छ । नयाँ सरकार बन्ने कि यही सरकार निरन्तर हुने भन्ने निश्चित हुन नसक्दा मूल मुद्दाहरु ओझेलमा परेका छन् । सरकार जनताप्रति उत्तरदायी नहुँदा आउँदो वर्ष झन अनिश्चित बन्ने छाँट देखिएको छ । यो आउँदो वर्ष पनि सुखद नहुने संकेत हो । एकातिर कोभिडको संक्रमण ,अर्कोतिर ओरोलो लागेको अर्थतन्त्र र राजनीतिक अस्थिरता !नयाँ वर्षको शुभकामना साँटासाँट गर्नेबेलाका परिदृष्यहरु उत्साहजनक नहुनु हाम्रोलागि दुर्भाग्यपूर्ण छन् । अत ः आउँदो वर्ष सुखद होस् भन्ने कामना गरिरहँदा नागरिकहरुले राजनीतिक नेतृत्वलार्य दवाव दिनुपर्छ । देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ भन्ने भावना उनीहरुका जागृत गराउनुपर्छ । राजनीतिक नेतृत्वले सही निर्णय लिए संकटको सामना गर्न सकिन्छ भन्ने हामी सबैले बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->