आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मेयर सम्मेलनको सन्देश: ‘पालिकाहरुलाई परनिर्भर नबनाऊ’

मेयर सम्मेलनको सन्देश: ‘पालिकाहरुलाई परनिर्भर नबनाऊ’

स्थानीय तहहरुको शासकीय क्षमतालाई अभिवृद्धि गर्न मासिक रुपमा रिपोर्टकार्ड प्रकाशन गर्न संघ तथा प्रदेशले संयन्त्र बनाउनु पर्ने


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०७८, बिहिबार

पोखरा, २ बैशाख – पोखरामा भएको पहिलो मेयर सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गरेको छ । बिहीबार जारी घोषणापत्रमा स्थानीय विकासका मुद्धाहरुलाई प्राथामिकताकरण गर्दै नागरीकको गुणस्तरीय, आत्म सम्मानित र पहिचानसहितको जीवन सुनिश्चित गर्ने खालका नीति बनाउने, पालिकाहरुलाई सामाजिक न्याय सहितको आर्थिक विकासका केन्द्रहरुको रुपमा विकास गर्ने,हरेक वर्ष मेयर सम्मेलन गर्ने निर्णय गरेको छ ।
सम्मेलनले पालिकाहरुको शासकीय क्षमता अभिवृद्धि गर्न निरन्तर सहकार्य गर्ने संयन्त्रको विकास गर्ने,पालिकाहरुलाई परनिर्भर बनाउने प्रदेश र संघका कार्यक्रमहरु निरुत्साहित गर्ने, संघीय सरकारका सवै निकायहरुलाई स्थानीय तथा प्रदेश स्तरमा समावेश गर्न माग गर्ने,विकास बजेट पालिकामौ पठाउन माग गर्दै पालिकाको समन्वयबिना संघ तथा प्रदेश सरकारका विकास कार्यक्रमहरुलाई निरुत्साहित गर्ने घोषणा पनि गरेको छ । घोषणापत्रमा सबै स्थानीय तहहरुले आफना दीर्घकालीन विकासका योजनाहरु निर्माण गरी ती योजनाभन्दा बाहिर गएर संघ, प्रदेश वा गैरसरकारी क्षेत्रहरुवाट गरिने सबै प्रकारका गतिविधिहरुलाइ निरुत्साहित गर्ने, निर्वाचन क्षेत्र सुधार कार्यक्रमहरुलाई पालिकाअन्तर्गत पालिकाको योजना मुताविक परिचालन गर्ने,संघद्धारा आयोजित योजनाहरु कम्तीमा पनि २० करोड र प्रदेशका योजनाहरु १० करोडभन्दा माथिका हुनुपर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
यसैगरी स्थानीय तहहरुको शासकीय क्षमतालाई अभिवृद्धि गर्न मासिक रुपमा रिपोर्टकार्ड प्रकाशन गर्न संघ तथा प्रदेशले संयन्त्र बनाउनु पर्ने, पालिकाहरुको शासकीय क्षमता अभिवृद्धि गर्न विश्वविद्यालयहरु मार्फत् गुणस्तरीय पाठ्यक्रम निर्माण गरी वार्षिक रुपमा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने,भ्रष्टचार उन्मूलनका लागि शुन्य सहनशीलता अपनाउन साझा संयन्त्र विकास गर्ने, साइकललाई प्रवर्धन गर्ने,सडकहरुमा साइकल लेनलाई र सडक किनाराको वृक्षरोपणलाई अनिवार्य गर्ने र सहरहरुलाई साइकल मैत्री बनाउन प्रत्येक पालिकामा कम्तीमा २ किलोमिटर साइकल मार्ग निर्माण गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->