बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हाम्री चेली पूर्णिमाले चढिन् अन्नपूर्ण टाकुरा !

हाम्री चेली पूर्णिमाले चढिन् अन्नपूर्ण टाकुरा !


  • Dhorpatan News
  • बैशाख ६ २०७८, सोमबार

पूर्णिमापछिको चतुर्थीमा गोर्खाकी पूर्णिमा श्रेष्ठसहित ६ जना महिलाले अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । ८०९१ मिटर अग्लो अन्नपूर्ण पहिलोको चुचुरोमा पुगेर उनीहरुले पहिलोपटक शिखर चुम्ने किर्तिमान पनि बनाए । पेशाले पत्रकार पूर्णिमा र उनीसँगै शिखर चुमेका चेलीहरुले कोरेको गोरेटो विश्व आरोहण इतिहासको लागि अविश्वरणीय बनेको छ । प्रतिकुल मौषममा उनीहरुले जसरी आरोहणमा किर्तीमान बनाए,त्यसले आरोहणको परिभाषा बदलेको छ । महिलाहरुलाई दोस्रो दर्जाको नागरिक मान्ने समाजलाई चुनौति दिएको छ ।सगरमाथका सफल आरोही एडमण्ड हिलारीले भनेका थिए,‘ एक राम्रो पर्वतारोहण प्रायः समझदार पर्वतारोहण हुन्छ ।’ हो, पूर्णिमाहरुले सबैभन्दा खतरापूर्ण मानिएको अन्नपूर्णमा समझ देखाए । प्रतिकुलतालाई अनुकुलतामा बदले र इतिहास बनाए । इतिहास भत्कनको लागि बन्छ तर पूर्णिमाहरुले बनाएको इतिहास त्यस्तो हैन, यो इतिहास भत्कदैन बरु यसले अरु महिलाहरुलाई प्रोत्साहन थप्छ । हिमालप्रति मान्छेको मोह बढाउँछ ।
अन्नपूर्ण ८ हजार मिटर अग्लामध्ये सबैभन्दा पहिला चढिएकोले मात्रै हैन, नेपाललाई बाहिरी विश्वमा चिनाउने हिमाल पनि हो । सन् १९५० को जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेका थिए । उनले आरोहणसँग जोडिएर अन्नपूर्ण नामक पुस्तक लेखे । पुस्तकले नेपालको चर्चा विश्वभर गरायो । तत्कालीन समयमा सर्वाधिक बिक्रीको रेकर्ड राखेको यही किताबमार्फत् विश्वभरका मान्छेहरुले नेपाल चिने । नेपालको आरोहण पर्यटनको जग नै यही किताबले बनाएको भन्दा पनि अत्युक्ति नहुने काम मौरिसले गरिदिए । सगरमाथाभन्दा पहिला मानव पाहिला परेको अन्नपूर्णमा त्यसपछि कमैको मात्र पाइला परेका छन् । अप्ठेरो मानिने यो हिमाल चढ्नु भनेको मृत्युसँग पौँठेजारी खेल्नुजस्तै भएको आरोहीहरु बताउँछन् । कठीन आरोहणको क्रममा धेरैले ज्यान गुमाएका छन् । यस्तो कठोर आरोहण रोज्ने महिलाहरुको हिम्मतलाई सलाम नगरि रहन सकिँदैन । अघिल्लो वर्ष कोभिड–१९को प्रकोपले आरोहण गतिविधि ठप्प भयो । यो वर्षको वसन्त ऋतुको सुरुमै अन्नपूर्णको सफल आरोहण गरेर पूर्णिमाहरुले आरोहणको कथा विश्वभर पु¥याएका छन् । नेपालको आरोहण पर्यटनमा पुन ः पूर्णिमाको उज्यालो छरिदिएका छन् । यसमानेमा पनि पूर्णिमाहरुको योगदान स्तूत्य रहेको छ । गण्डकीकी चेलीले गण्डकीको यो हिमालमा पाइला राखेर बनाएको किर्तीमान तेन्जिङ नोर्गेले सगरमाथाको आरोहण गरे बराबर रहेको छ । हो, तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चढेर जुन किर्तीमान बनाए । पूर्णिमाहरु पनि त्यसको छेउछाउ पुगेका छन् । अत ः जनकवि केशरी धर्मराज थापाले तेन्जिङको सम्मानमा लेखेको गीत उनीहरुलाई पनि समर्पण गर्नु अन्यथा हुँदैन ।
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा ।।
गम्केर बज खैंजडी झम्केर नाच मुजुरा ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->