आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पत्रकार महासंघ कास्कीको पदस्थापन

पत्रकार महासंघ कास्कीको पदस्थापन


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ८ २०७८, बुधबार

पोखरा, ८ वैशाख– नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापना भएको छ । महासंघ कास्कीको चैत २५ गते भएको निर्वाचनले विमला भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
पदस्थापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघ सबैको साझा संस्था भएकाले पार्टी र गठबन्धनभन्दा माथि उठेर काम गर्न आग्रह गरे । पत्रकारले दलीय आस्था बिर्सनुपर्नेमा उनको जोड थियो । उनले पत्रकार महासंघको नयाँ कार्यसमिति प्रेस स्वतन्त्रताका लागि अगाडि बढ्ने प्रतिबद्धता गरे ।
कास्कीकी नवनिर्वाचित अध्यक्ष बिमला भण्डारीले नयाँ जिम्मेबारी कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् । महिला पत्रकारको पेशागत सुरक्षामा समेत आफुले लबिङ गर्ने प्रतिबद्धता उनको छ ।नेपाल पत्रकार महासंघ कास्कीका निर्वतमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले नवनिर्वाचित अध्यक्ष विमला भण्डारीको टीमलाई पत्रकारको हकहितका लागि सदैव अभिभावकत्व प्रदान गर्ने गरी अगाडि बढ्न आग्रह गरे ।
निर्वाचनमा अध्यक्षका प्रत्यसी तथा पत्रकार महासंघ कास्कीका सल्लाहकार केशवशरण लामिछानेले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिए पनि अबको टीम सबैको साझा भएको उनले बताए । कार्यक्रम निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार वद्रीविनोद प्रतिकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->