बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वास्थ्यकर्मीको जोखिम भत्ता नरोक

स्वास्थ्यकर्मीको जोखिम भत्ता नरोक


  • Dhorpatan News
  • बैशाख ९ २०७८, बिहिबार

कोभिड–१९ को दोस्रो लहर डरलाग्दो गरी फैलिँदो छ । नयाँ र कडा स्वरुपको कोभिडका कारण भकाभक मानिसहरु मर्न थालेका छन् । भारतमा कोभिडको संक्रमण बढदा अस्पतालमा बेड र अक्सिजन नपाउने समस्या सृजना भएको छ । नेपालकै हकमा पनि यहाँको स्वास्थ्य संरचनाले धान्न नसक्नेगरी संक्रमण बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हरेक दिन संक्रमितको संख्या दोब्बर हुँदाको जटिलतालाई कसरी सामना गर्नै,उनीहरुको उपचारको प्रबन्ध कसरी मिलाउने भन्नेतर्फ सरकारको ध्यान जान सकेको छैन । यसअघिको चरणमा पनि काठमाडौं, पोखराजस्ता सहरमा नै आइसीयू बेड नपाइएको अवस्था थियो । स्थिति भयावह बन्दै जाँदा त्यही दुर्दशा नदोहोरिएला भन्न सकिँदैन । हिजो स्थानीय तहहरुले बनाएका क्वारेण्टिनहरु अहिले भताभुङ्ग भएका छन् । अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने घोषणाहरु कागजमै सीमित भएका छन् ।स्वास्थ्य संयन्त्रहरु चुस्त र प्रभावकारी बनाउनुपर्ने बेला राजनीतिक नेतृत्व सत्ताको खिचातानीमै व्यस्त रहेको छ । जनतालाई स्वास्थ्यका मापदण्ड पालना गर्न उर्दी जारी गर्ने सरकार भीड बटुलेर आफ्नै निर्णयको खिल्ली उडाइरहेको छ ।
अर्कोतर्फ, कोभिड १९ सुरु भएसँगै सरकारले जोखिममा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने निर्णय ग¥यो । सरकारले पहिलो लाइनमा बसेर जोखिम मोल्नुपर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोश्रो लाइनमा खटिनेलाई ५० प्रतिशत भत्ता दिने निर्णयले स्वास्थ्यकर्मीहरुको मनोवल बढायो । तर, स्वास्थ्यकर्मीहरुले सरकारले घोषित भत्ता अझै पाउन सकेका छैनन् । दूरदराजका अस्पताल र स्वास्थ्यकेन्द्रमा मात्र नभएर गण्डकी प्रदेश सरकारको संक्रमण तथा सरुवा रोग अस्पताल, गण्डकी अस्पताललगायतमा काम गर्नेहरुको अवस्था पनि उस्तै छ । कोरोनाको पहिलो संक्रमित भेटिएको गण्डकीको बागलुङ अस्पतालका स्वास्थ्यकर्मीहरुले १ वर्ष पुग्दा पनि भत्ता नपाएको गुनासो सुनाएका छन् ।
‘संक्रमण दर बढ्दा पनि क्वारेण्टिन र आइसोलेसन थप गर्नुपर्छ ।स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर २४सै घण्टा काम गर्नुपर्ने अवस्था आउन सक्छ । अघिल्लो वर्ष पीपीइबिनै काम गरेका स्वास्थ्यकर्मीहरुले भत्ता नै नपाएपछि यो वर्ष मन अमिल्याएका छन् । ज्यान जोखिममा राखेर काम गर्दा पनि राज्यबाट सुविधा नदिने हो भने किन काम गर्ने ? भन्ने भावना उनीहरुमा पलाएको छ । जुन अस्वभाविक हैन ।
कोभिड–१९ को उपचारमा खटिनेहरुलाई संक्रमणको सम्भावना बढी हुन्छ । उनीहरुलाई सुरक्षित राख्न सकिएन भने अरु नागरिकहरुले पनि उपचार पाउँदैनन् । स्वास्थ्यकर्मीहरुको मन रुवाएर राज्यले अविवेकी चरित्र प्रस्तुत गरेको छ । कोभिडको दोस्रो लहर आइरहेको बेला राज्यले स्वास्थ्यकर्मीहरुको मन खुुसी बनाउन सकेन भने ठूलो मूल्य चुकाउनुपर्ने निश्चित छ । अतः राज्य यो विषयमा बढी संवेदनशील हुनुपर्छ । स्वास्थ्यकर्मीहरुको रोकिएको भत्ता तत्काल दिने र थप भत्ताको व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->