बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संक्रमणको सुस्त नियन्त्रण

संक्रमणको सुस्त नियन्त्रण


  • Dhorpatan News
  • बैशाख ९ २०७८, बिहिबार

कोरोना संक्रमण तीब्र गतीमा बढेको छ । दोश्रो पटक बढेको यो संक्रमणले नेपालमा पनि ठूलो महामारी लिने संकेत गरिसकेको छ । छिमेकी भारतमा दैनिक साँढे दुइलाख जना सम्म संक्रमित भैरहेका छन् भने दैनिक १ हजार ६ सय जना सम्मले ज्यान पनि गुमाएका छन् । गत बर्षको बैसाख सम्म नेपालमा ५०÷६० जना मात्रै संक्रमित थिए । तर अहिले एकै दिन, एउटै गाउँमा १ सय जना सम्म संक्रमित भेटिन्छन् । शंका लागेर परीक्षण गरेका ६० प्रतिशत सम्म संक्रमित देखिएका छन् । यसरी हेर्दा यो अबस्थाले महामारी लिने निश्चित छ ।
नेपालमा दोश्रो चरणको कोरोना पनि छिटफुट देखिएको छ । यस्तो अबस्थामा समयमा व्यवस्थापन नगरे नेपालको साधनश्रोतले पनि धान्न सक्दैन । त्यसकालागि पहिलो शर्त बिद्यालय बन्द गर्ने सरकारी लक्ष छ । मन्त्रीपरिषदले सहरी क्षेत्रका बिद्यालय बन्द गर्न निर्णय समेत गरिसकेको छ । त्यसले केही हदमा कोरोना संक्रमण रोकथाममा सघाउन सक्छ । तर नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय निकै फस्टाएको छ । मेची देखि महाकाली सम्मका मानिसहरु देश भ्रमणमा निस्केका छन् । उनीहरुले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेका त होलान्, तर ग्रामीण तह र होमस्टे सम्म पुगेर संक्रमण फैलाउने कामपनि उत्तिकै गरेका छन् । पछिल्लो समयको संक्रमण दर हेर्दा बिद्यालयका बालबालिका, छात्रावास, घरभित्रै काम गर्ने महिला समेतमा पुगेको छ । यसको अर्थ भारतबाट प्रवेश गर्ने देखि मुख्य सहरी क्षेत्रमा आउजाउ गर्नेहरको संख्या अत्याधिक छ । जवकी उनीहरुको स्वास्थ्य परीक्षण भएको छैन ।
सरकारले एक साता अघिनै घोषणा गरेपनि स्वास्थ्य संस्था र अस्पतालहरुमा तयारीको काम भएको छैन । संक्रमितहरु बढेर आउँदा के गर्ने भन्ने अझै अन्यौलको अबस्था छ । आइसोलेसन बनाउने योजना अझै अगाडि बढेका छैनन् । क्वारेन्टाइनको बिषय त यो बर्ष कतै सुरसारै छैन । गत बर्ष दुइचार जना संक्रमित भेटिंदा गरिएको सर्तकता र क्वारेन्टाइन निर्माणको तीब्रता अहिले एक प्रतिशत पनि नहुँदा संक्रमण दर बढ्ने र पूर्वाधार तथा तयारी अभावमा घरघरमा जोखिम बढ्ने देखिएको हो ।
टोलटोलमा साबुनपानीले हात धुने व्यवस्था, सेनिटाइजर बितरण, घरघरमा पनि अनिवार्य साबुनपानी राख्ने, घर बाहिर ननिस्कने गरेको अघिल्लो बर्षको अनुभव अहिले कतैपनि काम लागेको देखिएको छैन । बरु भीडमा जाने, भीड हुने खालका कार्यक्रमहरु गर्ने गराउने क्रियाकलाप भैरहेका छन् । बिद्यालयमा सयौं बालबालिका पढ्न गइरहेका छन् । पढ्न पाउन् अधिकार हो,तर संक्रमणबाट बचाउने तरिका बारे सचेतना छैन । सरकारले भीड नगर्न भन्दै गर्दापनि निजी बिद्यालयहरुले बिरोध गरेका छन् । पालिकाहरुले आफ्नो अधिकार भन्दै बिद्यालय चलाएका छन् । यसले भोलीका दिनमा आउने खतराको खण्टी आँफै बजाएको स्पष्ट हुन्छ । अझैपनि समयमा सचेत नभएमा गम्भिर अबस्था आउने निश्चित छ । बिशेषगरी बैसाख र जेठ महिना संक्रमणकालािग बढी जोखिम भएको बिज्ञहरुले बताइरहेका छन् । यो समयलाई बढी सचेतनापूर्वक लिन सकिएन भने धान्नै नसक्ने अबस्थामा परिने निश्चित छ । भोलीको समस्या आजै समाधान गर्ने की ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->