शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा कोरोनाको भयावह स्थिति : ‘युके भेरियन्ट’को शिकारमा बालबालिका

गण्डकीमा कोरोनाको भयावह स्थिति : ‘युके भेरियन्ट’को शिकारमा बालबालिका

१०४ जना बालबालिकामा युके भेरियन्ट पुष्टि ।


  • विजय नेपाली
  • बैशाख १३ २०७८, सोमबार

पोखरा, १३ वैशाख– कोरोनाको दोस्रो लहर युके भेरियन्टको शिकारमा बालबालिका परेका छन् । तर, ०७८ साल लागेसँगै नेपालमा पनि दोस्रो चरणको कोभिड महामारी देखामात्र परेन, त्यसको प्रभाव समेत निकै देखियो । कोरोना भाइरसको नयाँ प्रजाति ‘युके भेरियन्ट’ फैलिने क्रम अहिले तीव्र छ ।
पछिल्लो समय गण्डकीमा बालबालिकामा कोरोना संक्रमण फैलिइरहेको छ । युके भेरियन्ट बालबालिका उच्च जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्मा बताउँछन् । ‘पहिले बिरामी, वृद्धवृद्धा बढी जोखिममा थिए । तर, अहिले सबैभन्दा मारमा बालबालिका छन् । त्यसमध्ये पनि ११ वर्ष मुनिका बालबालिका बढी जोखिममा छन्,’ उनले भने ।
गण्डकीमा अहिलेसम्म १७४ जनामा युके भेरियन्ट पुष्टि भएको छ । त्यसमध्ये १ सय ४ जना बालबालिका नै रहेको डा शर्मा बताउँछन् । युके भेरियन्टलक्षणसहितको कोरोना ग्राफ फैलिइरहेको अवस्थामा पनि प्रदेशमा क्वारेन्टिन व्यवस्था गरिएको छैन ।
अघिल्लो वर्ष कोरोना भाइरस तीव्र रुपमा फैलिइरहँदा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आवश्यक आइसोलेसनको तयारी गरेको बताएको थियो । तर, विरामीले अस्पतालमा बेड पाएनन् । बेड नपाएकै कारण र अस्पतालले भर्ना लिन नमानेकै कारण एक वृद्धाको मृत्यु भयो । अहिले पुनः अवस्था त्यही दिशातर्फ उन्मुख भइरहेको छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहँदा गण्डकी प्रदेश होम आइसोलेसनकै भरमा बसिरहेको छ ।
गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २ हजार २ सय ६ जनाले कोरोना परिक्षण गराएका छन् । जसमध्ये ५ सय ६२ सक्रिय संक्रमित छ । ४ जनाको मृत्यु भइसकेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशन डा. विनोद विन्दु शर्माले युके भेरियन्टको सिकारमा बालबालिका परेकाले थप जोखिम हुनसक्ने बताए । प्रदेशको सिमा नाका खुल्ला भइरहदा कोरोनाको जोखिम झन उच्च भएको पाइन्छ । ‘इन्डियमा बढेको छ त्यो हिसावले यहाँ पनि बढ्ने सम्भावना हुनेनै भयो,’ उनले भने, ‘अहिले हामीपनि कोरोना छैन की झैँ गरेर सामान्य रुपमै बाहिर हिडिरहेका छौ । बजार जाने गरेका छौ । यो हिसाबले पनि संक्रमण बढिराखेको छ त्यो हिसाबले सम्भावना बढ्ने भयो ।’
हेलचक्य्राइँ नगरौं : स्वास्थ्य निर्देशनालय
फेरि खोप लगायौं खोप लगाएपछि भइहाल्यो भन्ने हिसावले पनि सुरक्षित भन्ने भ्रम छ । अहिले बच्च बच्चिमा बढि संक्रमित देखिएकाले यो भयावह स्थिति हुन सक्ने देखियो । संरचनाको हिसाबले तयारी अवस्थामा छौ । हामीसँग अक्सिजन पनि पर्याप्त तयारी अवस्थामा छ ।
कारोना संक्रमण न्युनिकरण मास्क लगाउनुपर्छ । मास्क लगायोे भने, दूरी कम ग¥र्यौं भने संक्रमणमा कमी आउँछ । स्वास्थ्य व्यवस्थालाई हेलचक््रयाइँ गर्नुभएन । हामीसँग औषधि छैन त्यो बुझेर व्यवहारमा उतार्नुप¥यो । आफैं बुझेर घरको लकडाउनमा बस्ने, अनावश्यक घर बाहिर नजाने गरे नियन्त्रण हुने देखिन्छ । हरेक घर आइसोलेसन हो । अस्पताल भन्दा घर परिवारको रेखदेखमा बढी प्रभावकारी देखियो । हाम्रो फोकस भनेकै घरघरमा आइसोलेसनको सम्पर्क बढाउनु छ । हामीले अब गर्ने भनेको होम आइसोलेसनमा बसेकाहरुलाई उहाँले फोन गरेर सम्पूर्ण जानकारी लिने र आवश्यक सहयोग गर्ने हो । संक्रमितलाई हामी पूर्ण निगरानीमा राखेका छौं । यसरी नै सबै सचेत घरकै आइसोलेसनमा बस्दा बढी प्रभावकारी देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->