बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

परिक्षण र उपचार बढाऔं

परिक्षण र उपचार बढाऔं


  • Dhorpatan News
  • बैशाख १५ २०७८, बुधबार

कारोना भाइरस नयाँ ‘भेरियन्ट’ले नेपाललाई पनि गाँज्दै लगेको छ । भाइरसको यो प्रजाती छिटो– छिटो फैलिने र जनस्वास्थ्यमा ठुलो असर पु¥याएको अनुसन्धानहरुले देखाएका छन् । सरकारले गरेको पछिल्लो निर्णय अनुसार कोरोना फैलिएका मुख्य शहरहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । यसको असर पोखरा सहित गण्डकी प्रदेशका अन्य शहरमा पनि परेको छ ।
कोरोना भाइरसको महामारी रोक्न गत बर्ष सरकारले ६ महिना लामो लकडाउन गरेको थियो । त्यतिबेला कोरोना नपुगेका शहर र गाउँहरु समेत लकडाउनको कालरात्रीमा बाँच्नुप¥यो । अहिले फैलिएको भाइरस शहरमा मात्रै होइन, दुर्गम भनिने गाउँसम्म पुगेको छ । सबै तह र क्षेत्रमा यसका असर फैलिन थालेका छन् ।
सरकारले निषेधाज्ञा जारी गरेपनि कोरोना महामारीको दोस्रो बर्ष उतिसारो तयारी गरेको देखिएन । महामारी फैलिएको पहिलो बर्ष अनुभव नभएपनि नेतृत्वले क्वारेन्टिनको व्यवस्थादेखि आइसोलेसन र परिक्षणलाई जोड दिएको थियो ।
संक्रमितको कन्ट्याक्ट टेसिङदेखि उपचारमा पहिले जस्तो अहिले जोड दिएको देखिन्न । संक्रमितको बढ्दो संख्याले अस्पतालहरु भरिएका छन् । अब थप संक्रमितलाई कसरी जोगाउने भन्नेबारे सरकारी तयारी शुन्य छ । यसले आम नागरिकको जिउज्यानको रक्षा गर्नुपर्ने उत्तरदायित्वबाट सरकार पन्छिन खोजेको देखिन्छ ।
आम नागरिकलाई दुख दिने गरी सरकारले लगाएको निषेधाज्ञा त्यतिबेला मात्रै उपयुक्त ठहरिन्छ जतिबेला सरकारले संक्रमण रोक्न र उपचारमा शक्ति र स्रोतको खर्च गर्छ । अहिले तीनै तहका सरकारले यसबारे सोचेको देखिँदैन । यस्तो अवस्थामा लागु गरिएको निषेधाज्ञा नागरिकले अवज्ञा गर्ने खतरा रहन्छ ।
अघिल्लो बर्ष कोरोना रोकथाममा सरकारले गरेको खेलबाड र भ्रष्टाचारले सरकार प्रति नागरिक उदासिना आन्दोलनका रुपमा प्रकट भयो । युवाको ठुलो दस्ता सडकमा उत्रिएर ‘इनफ इज इनफ’ नारा लगाए । अब युवा पुस्ता फेरी सडकमा उत्रिने अवस्था आयो भने अहिलेका नेतृत्व मुख्यगरी सत्ताधारी दलले ठुलो नोक्सान भोग्नुपर्ने हुन्छ । जसको फाइदा लोकतन्त्रका विरुद्धका शक्तिमा पुग्ने खतरा रहन्छ ।
नागरिकलाई जोगाउन सरकारले छिटो भन्दा छिटो परिक्षण र उपचारको दायरा फराकिलो बनाउन जरुरी छ । जसका लागि प्रयोगशालाको विस्तार र आइसोलेसन सहित अस्थायी अस्पताल निर्माणमा ध्यान दिनुपर्छ । आज नागरिकको ज्यान जोगाए नै भोलिको राजनीति सहज हुन्छ । नेतृत्वको क्षमता पनि मुलुकमा संकट आएकै बेला परिक्षण हुन्छ । सरकारले यसलाई अवसरका रुपमा प्रयोग गरेर कोरोना विरुद्धको अग्रसरता लिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->