बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पीसीआरको चुस्त व्यस्थापन

पीसीआरको चुस्त व्यस्थापन


  • Dhorpatan News
  • बैशाख १५ २०७८, बुधबार

झण्डै एक बर्षको कहरपछि धौलागिरि अस्पतालमा पीसीआर मेसिन आएको छ । सरकारले गत आर्थिक बर्षको असारमै निर्णय गरेपनि विधि र प्रकृयागत ढीलाइले बैसाख पहिलो साता मात्रै अस्पतालमा जडान भएको छ । अझै यो मेसिनले पीसीआर परीक्षण गर्ने अनुमति पाइसकेको छैन ।
बागलुङमा मात्रै १ हजार १ सयबढी संक्रमित पुगिसकेका छन् । जवकी पीसीआर मेसिन ल्याउने निर्णय हुँदा बागलुङमा दुइ जना संक्रमित निको भैसकेका थिए । केही मानिसमा शंकास्पद अबस्था थियो । उनीहरुको पीसीआर परीक्षणकालागि टोली गाउँमा खटिएको थियो । त्यसबेला सरकारले निर्णय गरेको खवरले देशव्यापी रुप लियो । सुरुवातमै दुइ जनामा कोरोना संक्रमण देखिएको र बैदेशिक रोजगारीबाट आउनेहरु धेरै भएकोले बागलुङमा पीसीआर आवस्यक छ भन्ने धेरैको चाहना पनि थियो । सोही अनुरुप सरकारे निर्णय गरेको हो ।
निर्णयपछि नेपाल सरकारको प्रकृयागत ढीलाईले ठूलो कष्टकर बाटमात्रै मेसिन भित्रन पाएको छ । यो मेसिनकालागि अस्पताल व्यवस्थापन समिति, चिकित्सकको टोली र अन्य सहयोगीले काठमाण्डौ देखि प्रदेश राजधानी पोखरा सम्म पटक पटक धाएका थिए । यो अवधिमा समयमा पीसीआर नभएर कतिले दुःख पाए । पीसीआर रिपोर्ट ढीला भएर कतिले ज्यानै गुमाउनुपर्ने अबस्था आयो । तर सकसपूर्ण तरिकाले आइपुगेको पीसीआर आम नागरिकको स्वाब परीक्षण गर्ने पर्खाइमा छ ।
सरकारले निर्णय किन गर्छ । निर्णय गरेपछि एकडेढ करोडको मेसिन किन पठाउँछ ? यस्ता प्रश्न जनमानसमा उठ्ने गरेको छ । किनकी सरकारले निर्णय गरेर केही पैसा पठाउने काम ठूलो बिषय होइन । तर त्यस कामलाई सही व्यवस्थापन, दक्ष जनशक्ती प्रदान र दिगौ रुपमा संचालनको काम गर्नु महत्वपूर्ण बिषय हो । तर नेपालको सरकारी संयन्त्रले यो बिषय मनन् गरेको देखिएको छैन । किनकी पैसा पठाएपछि मेसिन आउँछ, मेसिन पठाएपछि आँफै चल्छ भन्ने मनोबिज्ञानबाट राज्य संयन्त्र बढी ग्रसित देखिएको छ । किनकी मेसिन हुने बित्तिकै सेवा प्रवाह हुन्छ भनेझै प्रचार गरिने पद्दतीले हामी धेरै काममा असफल भैरहेका छौं ।
पीसीआर मेसिनको मात्रै कुरा हैन, अस्पतालमा जडान गर्ने भनिएको ट्रमा सेन्टर देखि डायलायसिस मेसिन जडानको बिषयपनि यस्तैमा पर्छन् । अर्थात ती सेन्टर भनेको एउटा कोठा छुट्टयाएर मात्रै हुँदैन । त्यतिमात्र हैन उपकरण दिएर मात्रपनि संचालन हुने हैन त्यसकालागि दक्ष जनशक्तीको दरबन्दी मिलाउनु प्रमुख कुरा हो । व्यवस्थापन गर्नु अर्को महत्वपूर्ण कुरा हो । कुनै व्यवस्थापन समितिका पदाधिकारीले कडाइ गरेर एकदुइजना दक्ष जनशक्ती भित्राएपनि दरबन्दीमा कायम भए नभएको समेत महत्व राख्ने गर्छ । दरबन्दीमा कायम नभएमा आएका जनशक्ती अड्याउने ठाउँ हुँदैन । त्यसैले समयमै व्यवस्थापकीय चुस्तता दरबन्दी कायम गर्न सकियो भने मात्रै अस्पतालमा पटक पटक देखिने समस्या समाधान हुन्छन् । पीसीआर जडानको बिषय तत्कालको आवस्यकता देखिएपनि यहाँ धेरै क्षेत्र त्यस्तै अलपत्र छन् । ती क्षेत्रको दिगो सम्बोधन गर्नकालागि चुस्तव्यवस्थापन समिति जस्तै राज्यको नेतृत्वले पनि चुस्त बितरण प्रणाली र नियमित अनुगमनको व्यवथापन गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->