बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनताले मुल्यांकन गर्ने सयम हो यो

जनताले मुल्यांकन गर्ने सयम हो यो


  • Dhorpatan News
  • बैशाख ३० २०७८, बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते चालेको कदमपछि विकास भएको राजनीतिक अस्थिरता अझै अन्त्य भएको छैन् । संघ, प्रदेश र स्थानीय तहसम्म ध्रुविकरणको चरम सिमामा दलहरु र तीनका कार्यकताहरु पुगेका छन् । कोरोना महामारीको पहिलो लहर सुरुहुने बेला तत्कालिन नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा सुरु भएको किचलोको लहर कोरोनाको लहरजस्तै जाग्दै र सेलाउँदै आयो । पहिलो लहर सेलाउने बेला ताँतेको राजनीति दोस्रो लहर चरम उत्सकर्षमा पुग्ने बेला भयो भनेर बिज्ञहरुले सुझाव दिईरहेकै बेला राजनीति समेत चरम उत्सकर्षमा छ ।
देशमा संक्रमणका कारण मृत्यु हुनेको संख्या दशको गुनाबाट सयको गुनामा प्रबेश गरेको छ । देशभरका ७२ जिल्लामा निशेधाज्ञाका कारण सर्वसाधारणले त्रासपूर्ण र कष्टकर जीवनयापन गरिरहेका छन् । एकतर्फ महामारीको चपेटो र अर्कोतर्फ देशको राजनीतिको चपेटामा सर्वसाधारण छन् । बेला सबै मिलेर महामारीको बिरुद्धमा जुट्नु पर्ने हो । तर यहाँ त आँफु बिचको लडाईं र जोड घटाउमा दिन बितिरहेका छन् । महामारीको नियन्त्रणमा नत सरकारको चासो छ नत सरकार बाहिर रहेको राजनीतिक दलहरुको चासो । निशेधाज्ञा जारी गरेर अनुगमन गर्नुपर्ने सरकार राजनीतिक जोड घटाउको खेलो फड्को गरिरहेको छ । विपक्षले अहोरात्र सराप्नेबाहेक सहयोगी बन्नेगरी कुनै भूमिका निर्वाह गरेको देखिँदैन् । अक्सिजन नपाएर देशमा सर्वसाधारणले मृत्युवरण गरिरहेको समयमा सत्तारोहणको बाजीमा लागेका दल तथा ती दलका नेताहरुलाई कहिँकतै लाज देखिँदैन् ।
जनता निर्वाचनका समयमा भोट मात्रै दिने भोट बैंक होईनन् । जनतानै नरहे राजनीति पनि रहन्न भन्ने कुराको नेपालका राजनितिक दलहरुलाई हेक्का भएको पाईएन् । अक्सिजन नपाएर, उपचार नपाएर मृत्युको मुखमा पुगेका सर्वसाधारणले भोलि कसरी उनीहरुको लागि मत दिन सक्छन् ? के महामारीको समयमा खट्नु राजनीतिक दलहरुको भूमिका होईन ? निर्वाचनको समयमा मत माग्नका लागि वा अझै बुझ्ने भाषाभन्दा मत खरिदका लागि हुने खर्च यो महामारीको समयमा जनताको उपचारमा गर्न किन सक्दैनन् दलहरु ? के जनता सरकारका मात्रै हुन् ।
आउनुस् महामारीपछि सत्तारोहण बहिरगमनको हिसाव–किताव गरौंला । सत्तामा जो रहेपनि यो महामारीको समयमा निस्वार्थ भावनाले देशको सबै शक्ति महामारी नियन्त्रणका लागि किन नलगाउने ? देशी बिदेशी सहयोग दाताहरुको साथ र सहयोग किन नलिने ? जनता अक्सिजनको अभावमा, उपचारको अभावमा मृत्युवरण गरिरहेको अवस्थामा भैरहेको सत्ताको खेल उपयुक्त हुँदैहोईन । आज सरकारबाट भएको कमजोरी र सर्वसाधारणले गरेका स-साना गल्तीहरुका कारण भुषको आगो बनेको महामारी अव कसैको काबुमा भएको बिषय होईन । यो समय सबै मिलेर सामना र परास्त गर्ने समय हो । समय, देश र जनताले मुल्यांकन गर्ने समय पनि यही हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->