बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गर्भवती र सुत्केरी जोगाउने अभियान

गर्भवती र सुत्केरी जोगाउने अभियान


  • २५ जेठ २०७८
  • जेष्ठ २५ २०७८, मंगलबार

कोभिड–१९ को पहिलो र दोस्रो लहरले कति सुत्केरी र गर्भवती महिला खोस्यो हिसाब छैन तर यो संख्या ठूलै भएको अनुमान छ । त्यसो त, कोरोना जितेका गर्भवती र सुत्केरीहरुको संख्या पनि ठूलै छ । दृढ इच्छाशक्ति, उचित हेरचाह र पोषणले कोरोना जित्न सघाउँछ । गर्भवती र सुत्केरीलाई यसैपनि बढी पोषणको जरुरत पर्छ । दूरदराजका गाउँहरुमा पोषणको अभावकै कारण सुत्केरी र गर्भवतीहरु समस्यामा पर्छन् । कोभिड महामारीले गर्भवती र सुत्केरीहरलाई स्वाथ्य संस्था र स्वास्थ्यकर्मीसम्मको पहुँचमा अवरोध सृजना गरकै थियो, संक्रमणले गाँज्न थालेपछि समस्यामाथि समस्या थपियो । यही समस्यालाई मध्यनजर गर्दै बागलुङको बरेङ गाउँपालिकाले संक्रमित गर्भवती र सुत्केरी महिलाका लागि पोषण प्याकेज कार्यक्रम सञ्चालनमा ल्यायो । पोषणको कमी हुँदा आमा र बच्चामा कुपोषणको समस्या हुनसक्ने भन्दै गाउँपालिकाले घोषणा गरेको पोषण प्याकेजअन्तर्गत ५ हजार रुपैयाँ नगद दिइने निर्णय भएको छ । यो निर्णयबाट संक्रमित महिलाहरुमा पोषणको कमी नहुने पालिकाको विश्वास रहेको छ ।
सन् २०१५ मा गरिएको एक अध्ययन अनुसार गण्डकी प्रदेशका १ लाख गर्भवतीमध्ये २३९ जनाले ज्यान गुमाएका थिए । देशमा आमा सुरक्षा कार्यक्रम लागु भएको छ । महिलाहरुले प्रसूति सेवा लिन आएका गर्भवती महिलाहरुको लागि ४ पटक नियमानुसार गर्भ परीक्षण गरेमा रु ४ सय प्रोत्साहन भत्ता दिइन्छ । स्वास्थ्य संस्थामा प्रसूति गर्न जाने महिलाहरुलाई यातायात खर्चबापत् तराईका जिल्लामा १ हजार, पहाडी जिल्लामा २ हजार र हिमाली जिल्लामा ३ हजार दिइने व्यवस्था पनि छ । यसैगरी केही औषधिहरु पनि गर्भवतीले निःशुल्क पाउँछन् । देश संघीयतामा गइसकेपछि स्थानीय तहहरुले गर्भवती र सुत्केरीको हकमा केही लोभलाग्दा कार्यक्रमहरु संचालनमा ल्याएका छन् । केही पालिकाहरुले सुत्केरीलाई पोषणयुक्त खानेकुरा र नगद उपहारको व्यवस्था गरेका छन् भने केहीले गर्भवतीको लागि पनि विशेष प्याकेज दिइरहेका छन् । यसले मातृ–शिशु मृत्युदर घटाउन एवं कुपोषणबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अहिले समय फरक छ । कोभिडका कारण महिलाहरु झनै असुरक्षित भएका छन् । गर्भवती र सुत्केरी जोखिममा पर्नु भनेका एउटा जीवनको प्रश्न मात्रै हैन । यसमा सिंगो परिवार र गर्भको शिशु पनि जोडिएको हुन्छ । अतः एव उनीहरुको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । कोभिडले छाडेको छैन । निर्धोलाई बढी च्याप्ने यो रोगबाट वृद्धवृद्धा,महिला र केटाकेटीलाई सबैभन्दा बढी खतरा रहेको छ ।

बरेङले कोभिडकालमा गर्भवती र सुत्केरीलाई जोगाउन जे अभियान चलाएको छ, यसले नजिकको सरकारको अपरिहार्यता पुष्टि गरिदिएको छ । संघीयतासँगै सिंहदरबार गाउँगाउँमा पुगेको आभाष दिलाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->