बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

खोपकै सुनिश्चितता जरुरी

खोपकै सुनिश्चितता जरुरी


  • ७ असार २०७८
  • असार ७ २०७८, सोमबार

किसानहरु असारे माचोमा छन् तर वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जारी छ । कोभिड–१९ को दोसो लहरलाई मत्थर पार्ने उदेश्ले लागु गरिएको निषेधाज्ञा लम्बिँदै गर्दा यसले आम नागरिकहरु मर्कामा परेका छन् । एकातिर संक्रमणको जोखिम छ भने अर्कोतिर हातमुख जोड्ने समस्याले उनीहरु थलिएका छन् । निषेधाज्ञाले संक्रमण कम गराएको त छ तर निषेधाज्ञा कोभिडविरुद्धको अचुक औषधि हैन भन्ने यसअघि नै प्रमाणित भइसकेको छ । निषेधाज्ञा साधन हो, साध्य हैन । कोभिड रोकथाम र नियन्त्रणको लागि चाल्नुपर्ने अत्यावश्यक कदमहरुप्रति ध्यान नदिने अनि अन्त्यहीन निषेधाज्ञा थोपर्दै जाने प्रवृत्तिले जनता आजित भएका छन् । उनीहरुले विकल्प माग गरेका छन् । यसैपनि यो बर्खा भनेको खेतीपातीको बेला हो । खेतीपातीको बेला घरमै थुनिएर बस्न किसानको धर्मले दिँदैन । काम गरेर जीवन धान्नेहरु सडकमा निस्केनन् भने उनीहरु भोकै हुन्छन् । जनताको पीरमर्काप्रति संवेदनशील बन्ने हो भने निषेधाज्ञाको अन्त्यहीन श्रृंखलामा ब्रेक लगाउनै पर्छ । यसो भनिरहँदा संक्रमण फैलने गरी, जोखिम बढ्ने गरी सम्पादन हुने क्रियाकलापलाई छुट दिने गल्ती चाहिँ गर्नु हुँदैन ।
कोभिडको दोस्रो लहर फैलनुमा सरकार बढी जिम्मेवार छ । सरकारकै उक्साहटमा भएका भेला र आमसभाहरुले संक्रमण बढाउन ठूलो भूमिका निर्वाह ग¥यो । नागरिकहरुले अल्पायूमै मृत्युवरण गर्नुप¥यो । तर, सरकारले आफ्नो गल्ती देखेन । समस्या विकराल बनेपछि निषेधाज्ञालाई हतियार बनायो र आफू राजनीतिक खिचातानीमा व्यस्त रह्यो । राजनीतिक खिचातानीमा व्यस्त रहेको सरकारले खोपको प्रबन्ध गर्ने दायित्व बिर्सन पुग्यो । अनुदानमा खोप आएसँगै ३ महिनाभित्र सबै नागरिकलाई खोप दिलाउने प्रधानमन्त्रीको प्रतिवद्धता हावामा बिलायो । सरकारले खोपको लागि जति प्रयत्न गर्नुपथ्र्यो, त्यति अहिले पनि गरेको छैन । पहिलो डोज खोप लगाएका जेष्ठ नागरिकहरु दोस्रो डोजको प्रतीक्षामा छन् । उनीहरुले खोप पाउने÷नपाउने सुनिश्चित छैन । चीनबाट ४० लाख डोज खोप ल्याइने घोषणा गरिएपनि त्यसको कार्यान्वयन कहिले हुन्छ भन्ने प्रष्ट छैन ।
महामारीको बेला सरकारले जनतालाई भ्रमबाहेक केही बाँडेको छैन । अब अति भएको छ । प्रदेश सरकारदेखि स्थानीय तहसम्मले खोप खरिदको लागि केन्द्र सरकारलाई दवाव दिएका छन् । निर्णय भएमा आफै खरिद गर्ने घोषणा पनि गरेका छन् । तर, केन्द्र सरकार प्रष्ट भएकै छैन । अहिले नागरिकलाई निषेधाज्ञा हैन, खोप चाहिएको छ । खोपले मान्छेको जीवन बचाउँन सकिन्छ भन्ने प्रमाणित भएको बेला सरकारको ध्यान खोपको सुनिश्चिततामै हुनुपर्छ । निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै जाने अनि स्वास्थ्य मापदण्डको पूरा पालना गराउनेतर्फ विशेष ध्यान दिनुपर्छ । निषेधाज्ञा घोषणा गर्ने र सबै बन्द गरिदिने, संक्रमण नघट्दै खुल्ला गरिदिने अनि सबै छाडा छाडिदिने प्रवृत्ति घातक हुन्छ । काठमाडौंलगायतका जिल्लामा निषेधाज्ञा खुकुलो बनाउँदै गर्दा सरकारले सम्भावित तेस्रो लहरको ख्याल राख्नुपर्छ । मुख्यकुरा, फेरि पनि खोपको सुनिश्चिततामै ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->