बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चुवाको पहिरो पन्छाएपछि सुचारु भयो मध्यपहाडीको पर्वत खण्ड

चुवाको पहिरो पन्छाएपछि सुचारु भयो मध्यपहाडीको पर्वत खण्ड


  • ढोरपाटन सम्वाददाता
  • असार ३० २०७८, बुधबार

फाइल फोटो

पर्वत, ३० असार– मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित चाइनाचोक नजिकैको पहिरो हटाइएको छ । मंगलबार राती नौ बजेको समयमा सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुंगालाई फुटाएर पन्छाएपछि पहिरो झरेको १९ घण्टामा सडक सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताए ।
‘मंगलबार नौ बजे पहिरो गएपछि रातीमा गुडेका सवारीहरू पनि बाटोमै अलपत्र परेका थिए । बुधबार बिहानैबाट बाटो खुलाउन प्रयास गरिएकोमा दिउँसो करिब साढे तीन बजेबाट बाटो सुचारु भएको छ’ उनले भने, ‘यस पटकको वर्षाले मध्यपहाडीको पर्वत खण्डमा धेरै नै दुःख दियो । अवरुद्ध भएको छैटौँ मंगलबार साँझबाट खुलेको लोकमार्ग मंगलबार रातीबाटै अवरुद्ध भयो । वैकल्पिक सडक नहुँदा पनि समस्या भइरहेको छ ।’
मध्यपहाडी लोकमार्गअन्र्तगत पर्वतमा काम गरिरहेको लामा कन्स्ट्रक्सनले बुधवार बिहानैबाट तीन वटा एक्स्काभेटर सहयोगमा सहयोग सुचारु गराइएको हो । अवरुद्ध बाटो सुचारु भएपछि पोखराबाट साबिकको धौलागिरिका चार जिल्लाका लागि छुटेका तथा त्यहाँबाट बाहिरिन लागेका सवारीहरू गन्तव्यमा लागेका छन् । बाटो अवरुद्ध भएको बेलामा पनि मोटरसाईकलहरु भने वैकल्पिक सडकको रूपमा दोबिल्लाबाट शिल्मीहुँदै कुश्मा नगरपालिका–९ कटुवाचौपरीस्थित कुश्मा–ज्ञादी झोलुङ्गे पुलबाट गन्तव्यमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->