बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

छिटो खोप लगाऔं

छिटो खोप लगाऔं


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७८, मंगलबार

निशेधाज्ञा कडाइ गर्दा कोरोना संक्रमण घट्दो दरमा देखिन्छ । जव जव सार्वजनिक यातायात, व्यपार व्यवसायहरु बढेको देखिन्छ त्यसपछि फेरी कोरोनाको ग्राफ उकालो लाग्छ । गत बर्षको पहिलो लहर देखि दशै तिहार ताकाको खुलापन, त्यसपछिको सर्तकता अनि फेरी खुलमखुला भीडभाड, राजनीतिक आमसभा र मेला महोत्सव सम्म पुगेर संक्रमणले सक्रियता बढायो ।
राजनीतिक अगुवा, पद धारण गर्ने र राज्य कोषबाट तलब खानेकालागि यो सामान्य नियम जस्तो देखिएला । तर आम जनताकालागि यो दुःखद बिषय हो । किनकी जव जव कोरोना संक्रमण बढ्छ, तबतब नागरिकको रोजगारी खोसिन्छ । आम्दानीका बाटाहरु मेटिन्छन् । अनि जनताका छोराछोरीले पढ्ने अबसर पनि पाउँदैनन् । केही समय कम भएको संक्रमणको दर फेरी बढेको छ । कोरोना संक्रमणबाट फेरी देश आक्रान्त बन्ने खतरा छ । केही संख्यात्मक रुपमा घट्ने र बढ्ने क्रम भन्दापनि तेस्रो भेरियन्ट समेत आइसकेको अनुमान छ । जसका कारण फेरी अर्को महामारी आउने खतरा देखिन थालिसक्यो ।
कोरोना आएपछि बन्द गर्ने प्रवृत्ति कतिदिन सम्म चलाउने ? त्यसो भए बन्द नगर्ने त ? यस्ता प्रश्न धेरै जनतामा देखिएको छ । आम बुझाइ निशेधाज्ञाले संक्रमण घटाउने भन्नेनै हो । तर व्यपार व्यवसाय बढाउनकालागि खोप नै अन्तिम बिकल्प हो । आम नागरिकलाई समयमा खोप लगाउन सकियो भने मात्रै महामारी नियन्त्रण गर्न सकिन्छ । तर खोप लगाउनै बर्षौ लगाउने हो भने त्यसको औचित्य समाप्त हुन्छ । किनकी पहिलो भेरियन्ट, दोश्रो हुँदै तेस्रोमा पुग्दा खोपको औचित्यता सकिन्छ । अर्थात निको हुने दर र खोपले काम गर्ने अबस्था पनि समाप्त हुन्छ । एक अध्ययनले शुरुवाती दिनमा लगाएको खोपको ५० प्रतिशत क्षमतामा ह्रास आइसकेको बताइएको छ । यदी त्यस्तो हो भने पहिलो पटक लगाएकाहरुको स्वास्थ्य कमजोर भैसकेपछि सबैलाई खोप लगाए भन्नुको अर्थ रहदैन ।
एकैपटक खोप लगाएपछि मात्रै संक्रमण भित्रने खतरा कम हुन्छ । त्यतिमात्र हैन थोरैथोरै खोप लगाएर पटक पटक निशेधाज्ञा लगाइयो भने देशकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको हुन्छ । कोरोनाको संक्रमण पनि बढीरहेको हुन्छ । बिदेशमा हेर्नेहो भने अधिकांस देशले खोप लगाएकै कारण महाकुम्भ मेला समेत भएका छन् । ओलम्पिक देखि युरोकप सम्मका खेलमा हजारौंले एकैपटक रंगाशालामा पुगेर खेल हेरेका थिए । त्यसले पर्यटन व्यवसाय सहित आर्थिक क्षेत्र सुधारमा पनि ठूलो योगदान पुगेको देखिन्छ । तर खोप नलगाएकै कारण नेपालमा होटल व्यवसाय खोल्न दिन समेत संभव भैरहेको छैन । सार्वजनिक यातायात चलाउँदापनि जनता डराएका छन् । व्यवसायीले पनि रित्तो बस चलाउन बाध्य भएको गुनासो गर्छन् ।
संघिय र गण्डकी प्रदेश सरकारले आफ्नो पहिलो प्राथमिकतामा खोप लगाउने एजेण्डा बनाएका छन् । देशबिदेशमा खोपको माग समेत गरिरहेका छन् । बालबालिकाकालागि पनि खोप खरिद प्रकृया थालेको दावी गरेका छन् । यदी यो बिषय साँचै हो भने केही समयमा खोप आउने छ । आइ सकेको खोप पनि मापदण्ड पु¥याएर छिटो लगाउनु पर्छ । बेथिती बढेका खवर आइरहेपनि सबैले खोप लागउने चाहना राख्नु नौलो कुरा पनि भएन । प¥र्याप्त खोप पुग्छ भन्ने सन्देश दिन चाहनेहो भने खोपमा बेथिति र हानथाप हुने थिएन । जे होस् जतिसक्यो छिटो खोप लगाएर निशेधाज्ञा खुकुलो बनाउने र जनताको जिउधन रक्षामा लाग्नु आजको आवस्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->