बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुन्दर भविष्यको खोजी

सुन्दर भविष्यको खोजी


  • ढोरपाटन संवाददाता
  • भाद्र १ २०७८, मंगलबार

अठार वर्षअघि पहिलो पाइलाको उत्साह । त्यही दिनदेखिको प्रण । जुन दिन प्रण गरियो त्यही दिनदेखि ढोरपाटन दैनिकको यात्रा निरन्तर छ । कैयौं प्रतिकुल अवस्थालाई पार गर्दै ‘पदचाप’लाई अघि बढाइरहेका छौं । मुलुक द्वन्द्वग्रस्त रहेकोबेला मोफसल पत्रकारिताका लागि त्यस्तो मलिलो वातावरण पक्कै पनि थिएन । परन्तुः सत्य, निश्पक्ष, सन्तुलित विचार, निर्भिकताका साथ समाचारहरु पस्कँदै जाँदा आफ्नो गोरेटोलाई ढोरपाटन दैनिकले फराकिलो बनाउन सफल भयो ।

एउटा पत्रकारिताको जीवनकालमा १८ वर्ष सामान्य रुपमा लिन सकिन्न । कयैंन उतारचढाव, संकटलाई चिर्दै हाम्रो यो यात्रालाई प्रदेशस्तरीय बनाउन सफल भएका छौं । शिशु संघीयताको कार्यान्वयन, त्यसमा देखा परेका सैद्धान्तिक, कानुनी अड्चन एकतिर छन् । संघीयताको कार्यान्वयनसँगै मोफसलबाट प्रदेश राजधानीबाट प्रकाशन सुरु गर्नु संघीयताको कार्यन्वयनको हामी एक सहयात्री बन्न सफल भयौं ।
विश्वमा फैलिएको महामारी कोभिड–१९ । त्यसको असर सबैभन्दा बढी सञ्चार जगतलाई प¥यो । कैयौं प्रतिष्ठित सञ्चार गृहका प्रकाशनहरु बन्द भए । श्रमजीवी पत्रकारहरु अलपत्र परे । तर, यो कठिन अवस्थामा हामीले प्रकाशन रोकेनौं । जति संकट छ, त्यसको सही समाचार पाठकलाई दिनुपर्छ भन्ने मान्यतालाई ढोरपाटन दैनिकले स्थापित ग¥यो । २÷२ पटकको लकडाउन र निषेधाज्ञामा पनि प्रकाशन रोकेनौं । महामारीमा सही, सत्य समाचार दिइरह्यौं । यसका प्रेरणाको मूल स्रोत तपाईं पाठक, विज्ञापनदाता, ग्राहक वर्ग नै हो ।

सार्वभौम सत्ता जनतामा, राष्ट्रिय अखण्डता, मौलिक हक, समावेशी, संघीयता र पूर्ण प्रेस स्वतन्त्रताप्रति हामी प्रतिबद्ध रहेर विषयवस्तु प्रस्तुत गरिरहेका छौं । राज्य सञ्चालनका बेथितिप्रति सधैं खबरदारी, उत्पीडित वर्ग, पिछडिएका क्षेत्र, समुदायका आवाज निरन्तर बोकिरहेका छौं । हाम्रो सच्चाईको सन्देश नै तपाईंको विश्वास हो भन्नेमा हामी आगामी दिनमा झन् बलियो, जिम्मेवार भएर उपस्थित हुनेछौं ।
संघीयता कार्यान्वयनले आकार ग्रहण गरिरहँदा गण्डकी प्रदेश अग्रभागमै देखिन्छ । गण्डकी प्रदेश पक्कै पनि नाममात्रै हैन, यो प्रदेशको ऐतिहासिकता, वर्तमान र भोलिको आशा पनि हो । गण्डकी प्रदेशको सर्मथ्य, स्रोत र साधनले यो प्रदेशको वैभव उँचो छ । सग्लो नेपालअघि होस् वा पछि सबै इतिहासमा गण्डकीको प्रदेशको महिमा उल्लेख छन् । इतिहासको गौरव, वर्तमानलाई समृद्धितिर अघि बढाएर भोलिको गण्डकी प्रदेश निर्माण हुनुपर्छ भन्ने दलिल हामीले पेश गरेका छौं ।

१८ वर्ष पुग्दा एक नागरिक स्वयं बालिक अधिकार प्राप्त हुन्छ । ढोरपाटन दैनिक पनि आफ्नो वयश्क उमेर पार गर्दै गर्दा थप जिम्मेवारी बोध गरेका छौं । यो जिम्मेवारी सुम्पने तपाईं पाठक, विज्ञापनदाता, प्रतिकुल अवस्थामा ज्यानको बाजीमा अहोरात्र समाचार सम्प्रेसन, डिजाइन, छपाई, वितरणमा जुट्ने ‘टिमस्प्रिड’ नै मुख्य कुरा हो भन्ने बुझेका छौं ।
यो यात्रामा साथ, सहयोग दिने सवैसबैप्रति आभारी छौं । आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राखेका छौं । अन्तमा कोभिड–१९ बाट ज्यान गुमाउनुहुने १० हजार बढीप्रति हार्दिक श्रद्धाञ्जली ! कोभिड–१९ को दोस्रो लहरसँग लडाइँ गरिरहनु भएका सम्पूर्ण संक्रमितजनहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना !

हरिनारायण गौतम
सम्पादक

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->