बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लेनदेन मुद्दामा जलजला गाउँपालिका प्रमुखलाई ६ महिना जेल

लेनदेन मुद्दामा जलजला गाउँपालिका प्रमुखलाई ६ महिना जेल

प्रतिवादीले भने, ‘मुद्दा परेको पनि थाहा छैन’


  • ढोरपाटन संबाददाता
  • भाद्र ४ २०७८, शुक्रबार

बागलुङ/ बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)लाई जेल चलान गर्ने अदालतको निर्णय नामका समाचारहरु पोस्ट भए ।

गत चैत २७ गते नै जिल्ला अदालत कास्कीले ६ महिना जेल पठाउन आदेश दिएको भन्ने पत्रसमेत भेटिएको छ । लेनदेन मुद्दामा उनलाई जेल पठाइएको आदेशमा उल्लेख छ । ६ महिना जेल सजाय भनेको पत्रको म्याद सकिन लाग्दा पनि मल्ल पक्राउ नपरेको कुराले धेरैको खुल्दुलीको विषय बन्यो ।

गत दश वर्षअघि २०६८ सालमा मल्लले बागलुङका राजेश बोहराले फोर्स कम्पनीको मिनीबस खरिद गर्ने बेलामा साक्षी बसेको र दुवैजनाले पैसा नतिरेपछि अदालतमा मुद्दा परेको उल्लेख छ । बोहराले पैसा नतिरेपछि धु्रवबहादुर थापाले अदालतमा मुद्दा दिएका थिए । उक्त मुद्दाको फैसलामा मल्ललाई पनि दोषी देखाएको छ ।

मल्लले भने आफूविरुद्ध मुद्दा परेको समेत थाहा नपाएको बताए । ‘मुद्दा परेको पनि मलाई थाहा छैन । मुद्दा परेकै भए खबर हुनुपथ्र्यो, लेनदेन मुद्दामा पैसा असुल उपर गर्ने कुरा होला, तर जेल पठाउने भन्ने कताको नियम हो मैले बुझेकै छैन,’ मल्लले भने । नविल बैंकले लगानी गरेको उक्त गाडीको रकम बोहराले तिर्नुपर्ने थियो । उनले नतिरेपछि मुद्दा परेको बताइएको छ ।

मुद्दा दिने थापा र गाडी किनेका बोहोराले मल्लको गल्ती नभएको बताएका छन् । बोहराले नतिरेकोले मल्लले १५ लाख रुपैयाँ तिरिदिई सकेकोसमेत बताए । ‘महाधिवेशन आएको छ, मलाई बदनाम गराउन खोजेको देखिन्छ,’ उनले भने, ‘मुद्दा परेको भए मलाई खबरसमेत किन भएन ?’ मुद्दा परेको भए बयानमा बोलाउनु पर्ने, प्रतिउत्तर लगाउन पाउनु पर्ने केही थाहा नभएको उनले टिप्पणी गरे ।

जिल्ला अदालत पर्वतका स्रेस्तेदार रामबहादुर थापाले मल्लको मुद्दामा जेल पठाउने विषय जानकारीमा नआएको बताए । ‘जिल्लाभित्रको मानिसको मुद्दा भएमा लागत पठाउने चलन हुन्छ, पर्वत अदालतमा घटनाको लागत आएको छैन,’ थापाले भने । पक्राउ गर्नैपर्ने भएमा अदालतमार्फत प्रहरीमा सूचना प्रवाह गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->