शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्वत जोडने सडक भासियो, सडक अवरुद्ध

पर्वत जोडने सडक भासियो, सडक अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७८, बुधबार

स्याङ्जा/ अविरल बर्षासँगै स्याङ्जाको अर्जुनचौपारी हुँदै पर्वत जोड्ने सडक खण्डमा सडक अर्जुन चौपारी ३ छापमा भासिएको छ । पहिरो र भूक्षयका घटना बढने क्रममा सडक भासिन पुग्दा अर्जुन चौपारी छापा सल्यान भएर आग्रीखर्क हुँदै पर्वत जोड्ने बाटो अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय बाग्लुङले निर्माण गरेको ग्रामिण सडक गाउँबाट आएको पानीको नालाले खोल्दा भासिन पुगेको हो । मोटरसाइकलमा यात्रा गर्ने क्रममा सडक भासिएको ठाउँमा ठूलो दुर्घटनाबाट बचेको आग्रीखर्क निवासी रुद्र लम्सालले बताए । सडकबाट जानेक्रममा अचानक भाएिको र भाग्यले बाँच्न सफल भएको लम्सालले जानकारी दिए ।

स्याङ्जाको हेलु हुँदै अर्जुनचौपारी भएर पर्वत जोड्ने एकमात्र विकल्पको रुपमा रहेको सडक भासिएपछि बाटो अवरुद्ध भएको छ । आग्रीखर्क र पर्वत जाने सवारी साधन रोकिएका छन् भने यात्रुहरुअलपत्र परेको छन् ।
सडक भासिदा बाटो अवरुद्ध पर्वत जाने यात्रु अलपत्र परेकाले चाडै बाटो खोल्ने वडाध्यक्ष राजकुमार घलेले जानकारी दिए । ५ वर्ष पहिला टेन्डर भई रोकिएको सडक २ वर्ष पहिलो फेरि काम सुरु भएपनि ठेकेदारलाई सडक कार्यालयले जाकेता नगर्दा अलपत्र जस्तै बनेको र सडक भासिएको घलेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->