बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेतृत्व र नीति दुवैमा ध्यान देऊ

नेतृत्व र नीति दुवैमा ध्यान देऊ


  • Dhorpatan News
  • भाद्र २३ २०७८, बुधबार

सत्तारुढ नेपाली काँग्रेसको सबैभन्दा तल्लो निकाय वडा तहको अधिवेसन चलिरहेको छ । गण्डकी प्रदेशमा रहेका अधिकाँश वडाका अधिवेसन सकिएको छ । बाँकी रहेका केही वडा अधिवेसन पनि प्राविधिक कारणले रोकिएकाले छिट्टै सकिनेछ । वडा अधिवेसन सकिएपछि काँग्रेसले पालिका, क्षेत्रीय र जिल्ला समितिको निर्वाचन गर्नेछ । त्यसपश्चात प्रदेश कार्यसमिति र केन्द्रिय समितिको निर्वाचन गर्दै काँग्रेसले १४ औं महाधिवेसन सक्नेछ ।
मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी भएकाले अहिले धेरैको ध्यान काँग्रेसको अधिवेसनतर्फ छ । अधिवेसनमार्फत गाउँ, जिल्ला, प्रदेश र केन्द्रमा कस्ता नेतृत्व आउलान् ? नेतृत्वमा आउनेले कस्तो नीति लेला ? अथवा काँग्रेसको जारी महाधिवेसनले कुन नीति लिएका कस्ता नेतृत्वलाई स्थापित गराउला ? अहिले काँग्रेसतर्फ आँखा लगाएका सबैले यसतर्फ ध्यान दिएका छन् ।

वडा तहको अधिवेसनबाट शुरु भएको काँग्रेस महाधिवेसन प्रक्रियामा अहिलेसम्म नेतृत्वका विषयमा नेताहरुवीच रस्साकस्सी शुरु भइसकेको छ । वडा तहका कार्यकर्ता रस्साकस्सी पार गरिसकेका छन् भने अहिले पालिका तहको अधिवेसनमा काँग्रेस नेता कार्यकर्ता जोड घटाउमा छन् । जसरी पनि परिणाम आप्mनो पक्षमा पार्न क्षेत्रीय प्रतिनिधिको हिसाबकिताब गरिरहेका छन् भने आप्mनो कित्तामा ल्याउन प्रयास गरिरहेका छन् ।
तल्लो तहको अधिवेसन शुरु नहुँदै केही नेताहरुले केन्द्रिय समितिको पदाधिकारी र सभापतीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । आप्mनो पक्षमा माहोल बनाउन वा कुनै पदमा नेताहरुसँग बार्गेनिङ गर्न यसरी हतारमा उम्मेदवारी घोषणा गरेको हुन सक्छ । नेताहरुको चालचलन हेर्दा अहिलेसम्म कुन पदमा को व्यक्ती आउने विषयमा मात्र छलफल र रस्साकस्सी केन्द्रित भएको देखिन्छ ।

एउटा राजनीतिक पार्टी जीवन्त बन्न र त्यसले देश र जनताको सेवा गर्न उसले अख्तियार गरेको नीतिमा भर पर्छ । सत्ताको नेतृत्व गरेको काँग्रेस जस्तो पुरानो पार्टीको महाधिवेसन प्रक्रिया शुरु भइसक्दा समेत अब देशलाई कुन बाटोमा लैजाने ? पार्टीभित्र र बाहिर लोकतन्त्रलाई कसरी सुदृढ पार्ने भन्ने विषयमा नेताहरु घोत्लिकएका छैनन् । काँग्रेसभित्र पार्टीको वैचारिक र नीतिगत पक्षमा छलफल र बहस हुन छाडेको यसले देखाएको छ ।
नेपाली काँग्रेसले नेपालको सबैजसो राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको छ । बहुदलीय व्यवस्थामा सत्ताको सबैभन्दा लामो समय नेतृत्व गर्ने दल पनि काँग्रेस नै हो । लामो समयदेखि देशको अविछिन्न शक्ति भएर बसेको नेपाली काँग्रेसले अबको लोकतन्त्रको बाटो कस्तो हुने र त्यसलाई कसरी प्राप्त गर्ने भनेर छलफल गर्नुपर्ने हो । काँग्रेसको आन्तरिक लोकतन्त्र सुदृढ बनाउन विमर्श गर्नुपर्ने हो । महाधिवेसनको संघारमा यसतर्फ नेताहरुले ध्यान दिन सकेका छैनन् ।

पार्टीको आप्mनो नीति र वैचारिक पक्ष भएन भने नेतृत्व स्वेच्छाचारी बन्न सक्छ । नेतृत्वले जे ग¥यो त्यही पार्टीको नीति बन्ने र जे बोल्यो त्यही विचार हो भन्ने खालको व्यवहार देखाउनु गलत प्रवृत्ती हो । यसले स्वयं दल र त्यसले नेतृत्व गरेको देशको पनि हित गर्दैन । त्यसकारण, नेपाली काँग्रेसले नेतृत्वसँगै नीति र पार्टीको विचारका विषयमा पनि छलफल गर्नु उत्तिकै आवश्यकता छ ।
महाधिवेसन भनेको नेतृत्व टुङ्ग्याउने थलो मात्र होइन, पार्टीको नीति र विचारलाई प्रष्ट्याउने, समुन्नत बनाउने र निर्णय गर्ने थलो पनि हो । काँग्रेसले जारी महाधिवेसनमा यसतर्फ ध्यान देओस् । काँग्रेस पार्टी र मुलुकको लोकतन्त्रलाई कसरी सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिन्छ भन्नेतर्फ घोत्लियोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->