बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सांसदहरुको लज्जास्पद हर्कत

सांसदहरुको लज्जास्पद हर्कत


  • Dhorpatan News
  • भाद्र २७ २०७८, आइतबार

संघीय संसदमा विपक्षी एमाले सांसदहरुले अशोभनीय र अभद्र हर्कत प्रदर्शन गरे । एक महिला सांसदले अर्थमन्त्री र सभामुखको टाउको फोड्न खोजेको हाकाहाकी बताइन् भने सांसदहरु मर्यादापालकको टाउकोमाथि चढे । संसदमा शालीनतापूर्वक विरोध प्रदर्शन गर्न पाइन्छ । रोस्टम घेर्न मिल्छ तर हातपातमै उत्रनु र बाँदर प्रवृत्ति देखाउनुले संसदको गरीमा घटाएको मात्रै छैन, सांसद पदको स्वयंबाट अवमूल्यन गरिएको छ ।

सरकारले शुक्रबार संसदमा प्रतिस्थापन विधेयकमार्फत् बजेट ल्याउने कार्यक्रम तय ग¥यो । एमालेले सरकारको त्यो कामलाई असंसदीय कदम भएको जिकिर ग¥यो । विधेयक रोक्न संसदमा नाराबाजीसहित मुठभेडको अवस्था सिर्जना ग¥यो । एमाले सभामुख अग्नी सापकोटाको भूमिकाप्रति असन्तुष्ट रहँदै आएको थियो । यसअघिको नियमित बैठकमा समेत सभामुखमाथि एमाले सांसदहरुले आक्रोश व्यक्त गरेका थिए भने सभामुख सापकोटा पनि सम्हालिन सकेका थिएनन् । जे आरोप लगाए पनि संसदमा एमाले सांसदहरुले देखाएको व्यवहारको जति निन्दा गरेपनि कम हुन्छ । सत्ताबाट एकाएक प्रतिपक्षमा आएपछि एमाले आक्रोशित बनेको छ । माधव कुमार नेपालले पार्टी विभाजन गरेसँगै एमालेले नेकपा एकीकृत समाजवादीतर्फ गएका सांसदहरुलाई संसद आउन नदिने उद्घोष ग¥यो । पार्टी विभाजनपछि वैधानिकता प्राप्त गरेका सांसदलाई संसदमै आउन नदिने उद्घोष प्रतिशोधको भावनाले निर्देशित थियो । यसअघि आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट परिमार्जन हुने भएपछि आक्रोश बढ्नु स्वभाविक थियो ।तर, त्यसको प्रतिवाद शालीन तरिकाले गर्न सकिन्थ्यो । एमालेले त्यसो गरेन । हिजो आफू सत्तामा भएको बिर्सियो अनि अमर्यादित हर्कत देखायो । प्रतिपक्षको रुपमा एमालेको भूमिका सधैँ उग्र रहँदै आएको छ । पछिल्लो समय सत्तामा हुँदा सम्हालिएको एमालेले संसद पुनःस्थापनापछिको घटनाक्रमलाई अझै स्वीकार्न सकेको छैन । संसद विघटन असंवैधानिक भएको सर्वोच्चको फैसलाको आलोचना गर्दै नयाँ सरकारलाई ‘परमादेशको सरकार’ भन्नु कुण्ठा सिवाय केही हैन ।

संसद ताण्डव देखाउने ठाउँ हैन । माइक थुतेर, मान्छे ताकेर झटारो हान्नु आपराधिक कार्य हो । एमालेले आफूलाई सुधार्नुपर्छ । संसदको गरीमा जोगाउने जिम्मा प्रतिपक्षको पनि हो भन्ने मनन गर्नुपर्छ । हो, सत्तापक्षलाई झुकाउन खोज्नु अस्वभाविक हैन तर त्यसको पनि विधि र प्रक्रिया हुन्छ भन्ने मनन गर्नैपर्छ । अर्कोतर्फ सदनमा मुठभेडको अवस्था आउन नदिन सभामुखले पनि विशेष भूमिका निभाउनु पर्छ । सभामुख तटस्थ बन्नैपर्छ । दलबाटै निर्वाचित भएपनि सो दलको सदस्य भएको बिर्सनुपर्छ र विपक्षीलाई विश्वासमा लिने हरसम्भव प्रयत्न गर्नुपर्छ । संसदको गरीमा कायम राख्न संवाद र सहमतिमा जोड दिइनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->