बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भाइरल हुने महत्वकांक्षा त्यागौं

भाइरल हुने महत्वकांक्षा त्यागौं


  • Dhorpatan News
  • भाद्र ३० २०७८, बुधबार

गएको पुसमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर दाङमा एक २४ वर्षीय युवाको ज्यान गयो । उदयपुरको कटारीको भीरमा टिकटक बनाउँदा खसेर १८ वर्षीय युवाले पनि ज्यान गुमाए । पोखरामै एक ९ वर्षीया बालिकाको पनि टिकटक बनाउने क्रममा छतबाट खसेर निधन भयो । मंगलबार मात्रै टिकट बनाउने उपत्रक्रममा तनहुँमा मंगलबार मात्रै एक युवती सेती नदीमा बेपत्ता भइन् ।

यी प्रतिनिधि घटना मात्रै हुन् । भाइरल हुनकै लागि, विभिन्न हर्कत गर्दा थुप्रै व्यक्तिले ज्यान गुमाएका छन् । पछिल्लो समय छोटो भिडियो सेयरिङ गर्ने टिकटकप्रति नेपालीहरुको चासो ह्वात्तै बढेको छ । बालबालिकादेखि वृद्धसम्मलाई भाइरल हुने रहर पलाएको छ । कतिपय अवस्थामा नित्तान्त व्यक्तिगत घटनाहरुलाई पनि सार्वजनि गर्ने गरिएको छ । जसले गर्दा गोपनीयता नै नरहने र पारिवारिक सम्बन्ध नै जोखिममा पर्ने अवस्था आएको छ । सामाजिक सञ्जालमा अरुभन्दा फरक देखिने प्रवृत्तिले समाजलाई विकृत तुल्याएको मात्रै छैन,आपराधिक घटनाहरु पनि बढाएको छ । नेपालमा वर्षेंनी इन्टरनेट प्रयोगकर्ता बढ्दै गइरहेका छन् । इन्टरनेटको प्रयोग बढ्दा दुरुपयोग पनि बढ्दो छ । फलोअर्स बढाउने तथा अरुले भन्दा फरक काम गरेर भाइरल बन्ने प्रवृत्ति संसारमा अन्य देशमा पनि देखिन्छ । यसले दुर्घटना निम्त्याउने मात्रै नभइ पारिवारिक विखण्डनसमेत निम्त्याएको छ ।

भारतलगायतका केही देशहरुमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । टिकटकले सामाजिक विकृति निम्त्याएकोले बन्देज लगाइएको ती देशहरुको भनाइ छ । टिकटकमा प्रतिबन्ध लगाउनुमा राजनीतिक स्वार्थ पनि छ तर टिकटले विकृति निम्त्याएकोमा कुनै द्धिविधा छैन । विकृति निम्त्याउने तथा अपराध बढाउने काममा प्रविधिको प्रयो हुनु राम्रो हैन । सरकारले बेलाबखत सामाजिक सञ्जालमाथि निगरानी बढाउने र नियमन गर्ने कुरा गर्दै आएको छ । हो, सामाजिक सञ्जालमा नियमन हुनैपर्छ । भाइरल हुने नाममा अनेकौं हर्कत गर्ने, पारिवारिक सम्बन्धमा दरार उत्पन्न गराउने काम रोकिनुपर्छ । सामाजिक सञ्जालले बाल मनोविज्ञानमा सबैभन्दा ठूलो प्रभाव पारेको केही अध्ययनहरुले पुष्टि गरेका छन् । सामाजिक सञ्जालमा अरुभन्दा फरक देखिने मनोविज्ञानले बालबालिका ग्रसित हुँदा यसले आउँदो पुस्ताको सिर्जनशीलता नष्ट गरिदिएको छ । अत,m अभिभावकहरुले बालबालिकाहरुलाई सामाजिक सञ्जालको विकृतिबारे बेलैमा जानकारी गराउनुपर्ने देखिएको छ । प्रविधिलाई रोक्न सकिँदैन तर यसको सही उपयोग हुनुपर्छ भन्ने बुझाउन ढिला हुन थालिसकेको छ । १५ सेकेण्डको टिकटकको पछि लाग्दा जीवन नै वरवाद हुन्छ भन्ने सोच्नु परेको छ । मुख्य कुरा, भाइरल बन्ने महत्वाकांक्षाबाट मुक्त हुनु परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->