बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यालय खोल्दा होस पु¥याऊँ

विद्यालय खोल्दा होस पु¥याऊँ


  • Dhorpatan News
  • भाद्र ३१ २०७८, बिहिबार

सरकारले आउँदो असोज १ गतेबाट भौतिक रुपमै विद्यालय खोल्न स्वीकृति दिएको छ । सरकारी निर्णयसँगै विभिन्न जिल्लामा विद्यालय खोल्ने सुरसार गरिएको छ । कोभिड–१९ केही मत्थर भएकाले विद्यालय खुलाउने निर्णयमा सरकार पुगेको हो । तर, सरकारी निर्णयले केही द्धिविधा र चिन्ता बढाएको छ । दशैं आउन धेरै दिन बाँकी छैन । असोज २१ गते घटस्थापना हो । घटस्थापनापछि विद्यालयहरु स्वतः बन्द हुन्छन् ।

दशैं अगाडि पढाइ हुने भनेको१६ दिन मात्रै हो । १६ दिनको लागि विद्यालय खोलेर किन जोखिम मोल्न खोजिँदै छ ? २ वर्षभन्दा बढी बन्द भएका विद्यालय चाडबाडकै मुखमा किन खोल्नुप¥यो ? यो प्रश्नले धेरैलाई झस्काएको छ । अभिभावकहरुले विद्यालय खोल्ने निर्णयको खुलेर विरोध नगरे पनि चिन्ता जाहेर गरेका छन् । नेपालमा करिब १ करोड नागरिकले मात्रै कोभिडविरुद्धको खोप पाएका छन् । बाँकी नागरिकहरु खोपको पखाईमा छन् । बालबालिकाहरुलाई त खोप दिइएकै छ्रैन । खोप नपाएका बालबालिकाहरु जोखिममा छन् । दशैंको मुखमा ती बालबालिकाहरुलाई विद्यालय बोलाउनु भनेको जोखिम निम्त्याउनु पनि हो । कोभिड महामारी मत्थर त भएको छ तर खतरा टरिसकेको छैन । पछिल्लो समय कोरोना परीक्षणको दर घटेको छ । परीक्षण घट्दा संक्रमण घटेको देखिएको छ । परीक्षण बढाउने हो भने संक्रमण बढ्ने निश्चित भएको र एकैठाउँमा भीडभाड हुँदा महामारी विकराल हुनसक्ने विज्ञहरुले औंल्याएका छन् ।

माध्यमिक तहसम्मको विद्यालय संचालनको जिम्मा स्थानीय तहहरुले पाएका छन् । स्वास्थ्य मापदण्ड कायम गर्दै विद्यालयले खोल्ने भनिए पनि त्यसको अनुगमन कसले गर्ने स्पष्ट छैन । विद्यालय खोल्ने नै हो भने अनुगमनलाई प्रभाकारी बनाउनुपर्छ । विद्यालय खोल्ने नै हो भने पनि खोप पाएका क्षेत्र, बढी भीडभाड नहुने ठाउँ छनौट गरिनुपर्छ छ । तत्काल तेस्रो लहर आउने सम्भावना नरहे पनि अहिलेकै संक्रमण फैलिने सम्भावनालाई नजरअन्दाज गरिनु हुँदैन । चाडबाड आएका छन् । ती चाडबाडमा पनि भीड हुने निश्चित छ । चाडबाडको मुखमा परिवारका कुनै सदस्यलाई कोभिड संक्रमण भयो भने त्यसको परिणति राम्रो हुँदैन । यो तथ्यलाई सबैले मनन गर्नुपर्छ । हो, लामो समय विद्यालय बन्द हुँदा शैक्षिक पात्रो मात्र नभएर बालबालिकामाथि मनोवैज्ञानिक असर परेको छ । विद्यालय खोल्नु नै पर्छ तर चाडबाडको मुखैमा छोटो अवधिको लागि विद्यालय खोल्दाको जोखिमलाई नजरअन्दाज गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->