बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनगणना : तथ्य नलुकाऊँ

जनगणना : तथ्य नलुकाऊँ


  • Dhorpatan News
  • असोज ३ २०७८, आइतबार

‘मेरो गणना : मेरो सहभागिता’नारासहित भदौ ३० गतेबाट राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । कोभिड–१९ का कारण पटक–पटक पर धकेलिँदै आएको जनगणनाअन्तर्गत पहिलो चरण असोज १८ गते र दोस्रो चरण २५ कार्तिकदेखि ९ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । १२ औं राष्ट्रिय जनगणनामा ८ हजार ५ सय सुपरिवेक्षक खएिका छन् । उनीहरु सातवटै प्रदेशका ७५३ स्थानीय तहका गाउँगाउँ, टोलटोल पुग्न थालेका छन् ।

गणकहरु यो पटक विभिन्न ७ प्रश्न लिएर गाउँ पुगेका छन् । परिवारको संख्याबाट सुरु हुने प्रश्नहरुले व्यक्तिको पेशा, आयश्रोत,शैक्षिक अवस्था व्यापार,व्यवसाय,बैंक तथा वित्तीय संस्थाको अवस्था,उद्योगहरुको संख्यालगायतका विविध विषयहरु समेट्ने छन् । ती प्रश्नहरुबाट देशको पछिल्लो सामाजिक र आर्थिक अवस्थाको सही चित्र बाहिर ल्याउने केन्द्रीय तथ्याङ्क विभागको योजना रहेको छ । देश संघीय संरचनामा गएपछि हुन लागेको यो जनगणनाबाट संकलन हुने तथ्याङ्कले संघीय संरचनापछिका परिवर्तन र आवश्यकताहरु पहिचान गर्नेछ भने देशको आर्थिक र सामाजिक विकासको लागि आवश्यक पर्ने महत्वपूर्ण सूचना प्राप्त हुनेछन् । भौतिक पूर्वाधारको अवस्थादेखि जनताको आवश्यकत केलाउन,लैंगिक अवस्था,यहाँको धार्मिक विविधतता,विपद् र जोखिमको अवस्था, गरिबीको वास्तविकता,विदेशिएकाहरुको संख्या पनि यही जनगणनाबाट प्राप्त हुने हो ।

हरेक १० वर्षमा जनगणना गरिन्छ । पछिल्लो समयमा नेपाली समाज छिटोछिटो परिवर्तन भएको छ । आवश्कयतासँगै पारिवारिक संरचनाहरु बदलिएका छन् । वैदेशिक रोजगारीले समाजको दिशा परिवर्तन गराएको छ । यो परिवर्तनले पारेका नकरात्मक वा सकारात्मक प्रभाव के छन् भन्नेबारे अध्ययन हुन सकेको छैन् । अर्कोतर्फ,विकासका आकांक्षाहरु चुलिए पनि त्यसलाई कसरी संवोधन गर्ने भन्नेतर्फ राज्य बेखबरजस्तै छ । हचुवाको भरमा बनाइएका योजनाहरुले सही प्रतिफल दिन सकेका छैनन् । मुख्य कुरा त, तथ्याङ्क नै विश्वसनीय बन्न सकेको छैन । यस्तो अवस्थामा हुन लागेको यो जनगणनाले समाजको वास्तविक अनुहार बाहिर ल्याउन सक्नुपर्छ ।संघीय संरचना बलियो बनाउन के गर्नुपर्छ र जनताको आवश्कयतालाई कसरी संवोधन गर्नुपर्छ भन्ने कुरा पनि जनगणनाले पत्ता लगाउनुपर्छ । सही तथ्याङ्कले नै सही योजना बनाउन सघाउँछ । अतः गणकहरुलाई आफ्नो वास्तविकता नलुकाइ भन्नुपर्ने हुन्छ । वास्तविकता लुकाइयो भने सही तथ्याङ्क आउँदैन । सही तथ्याङ्क नआउँदा आफ्नो आवश्यकताको संवोधन हुन सक्दैन । यो कुरा जनताले बुझ्नुपर्छ, बुझाउनुपर्छ ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->