आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कलाकारलाई पुरस्कार

कलाकारलाई पुरस्कार


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७८, आइतबार

पोखरा/ सिर्जनशील युवा कला पुरस्कारबाट ३ जना कलाकार सम्मानित भएका छन् । शनिबार सिर्जनशील कलकार समूहले सिर्जनशील युवा कला पुरस्कार २०७६ बाट दलबहादुर गुरुङ, २०७७ अमृतबहादुर कार्की र २०७८ मनोज तामाङलाई प्रदान गरिएको हो ।

उनीहरुलाई गण्कडीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र सिर्जनशील कलाकार समूह कास्की अध्यक्ष अग्रज कलाकार दुर्गा बरालले पुरस्कार प्रदान गरे । पुरस्कारको राशि जनही १० लाख रुपैयाँ छ ।
कलाकार, साहित्यकार तथा समासेवी विश्वरत्न शाक्य र उनका परिवारले पिता सिद्धिरत्न शाक्य र माता सेतुलीमाया शाक्यको स्मृतिमा २०६४ सालमा उक्त पुरस्कार स्थापना गरेका हुन् । यो पुरस्कार सबैभन्दा पहिला पोखराकै सुनिल सिग्देलले प्राप्त गरेका हुन् । हालसम्म यो पुरस्कार १५ जनाले पाएका छन् । कोभिड महामारीका कारण पोहोर र परार हस्तान्तरण गर्न बाँकी पुरस्कार समेत यसै पालि प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले दुर्गा बराल वात्स्यायन जस्ता कलाकार जन्माउने पोखरा ललितकलाको पाठशाला नै रहेको भन्दै उनले यसलाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्दै जानुपर्ने भनाइ राखे । समूहका अध्यक्ष बरालले पोखरा महानगरको पुरानो भवनमा महेन्द्रपुलमा निजीस्तरबाट ग्यालरी स्थापना भए पनि अहिले अलपत्र परेको उनले सुनाए । कलाकारलाई ग्यालरी भनेको माछालाई पानीजस्तै हो भन्दै उनले यसका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा सम्मानितमध्येबाट दलबहादुर गुरुङ, अग्रज कलाकार, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, साहित्यकार रमेश श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेललगायतले शुभकामना व्यक्त गरे । अग्रज कलाकार लोकबहादुर गुरुङले सम्मानितत्रयको चिनारी प्रस्तुत गरेका थिए । कलाकार एवं पोखरा प्रज्ञा प्रतिष्ठानकी कार्यकारिणी सदस्य मीलन शेरचनले उक्त अवसरमा स्वागत गरेकी थिइन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->