बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्यटन प्रवद्र्धनमा लोभलाग्दो पहल

पर्यटन प्रवद्र्धनमा लोभलाग्दो पहल


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७८, मंगलबार

४२ औं विश्व पर्यटन दिवसको छेकोमा नेपालका लागि विभिन्न १२ देशका राजदूतहरुसहितका कुटनीतिज्ञ एवं विकास साझेदार संस्थाका प्रतिनिधिहरुले पोखराको भ्रमण गरेका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा आएका कुटनीतिज्ञहरु यहाँका पर्यटकीय गतिविधिमा सरिक भएका छन् । सरकार र पर्यटन व्यवसायीहरुसँगको औपचारिक/ अनौपचारिक भेटघाटमा कोभिड–१९ पछि सुस्ताएको पर्यटनलाई उचाइमा पु¥याउन सहयोगको प्रतिवद्धता गरेका छन् । कोभिड–१९ ले खुम्च्याएको पर्यटनलाई राजदूतहरुको पोखरा भ्रमणले विश्वभर नै सकारात्मक सन्देश पु¥याउने, नेपाल घुम्नको लागि खुल्ला एवं व्यवसायीहरु पर्यटकहरुलाई स्वागत गर्न तयार रहेको सन्देश प्रवाह हुने निश्चित देखिएको छ । त्यतिमात्र नभएर राजदूतहरुको भ्रमण आउँदा दिनमा नेपालको पर्यटन प्रवद्र्धनको लागि कोषेढुंगा सावित हुने निश्चित देखिएको छ । राजदूत तथा कुटनीतिक नियोगका प्रमुखहरुलाई निम्त्याएर गण्डकी प्रदेश सरकार, नेपालको पर्यटन प्रवद्र्धनमा नै गण्डकीबाट एउटा लोभलाग्दो पहलको सुरुवात गरेका छन् ।

पोखरा र गण्डकी पर्यटनको लागि उर्वरभूमि भएकोमा द्धिविधा छैन । सम्भावना नै सम्भावना बोकेको यहाँको पर्यटनमा अरबौं लगानी भएको छ । पर्यटनमा भएको लगानी सुरक्षित गर्न पर्यटक आउनैपर्छ । पर्यटक नआउने हो भने, पर्यटकलाई राम्रो सेवा सुविधा नदिने हो भने यो उद्योग धरासायी हुन्छ । पर्यटक आउनको लागि आन्तरिक तयारीले मात्रै पुग्दैन, बाह्य प्रचार पनि उत्तिकै जरुरी हुन्छ । नेपाल सुन्दर हुँदाहुँदै पनि प्रचारको मामिलामा पछि नै छ । प्रवद्र्धनात्मक गतिविधिहरु प्रभावकारी नहुँदा पर्यटन बजारसम्म नेपाल सुन्दर र सुरक्षित छ भन्ने सन्देश प्रवाह हुन सकेको छैन । अहिले झन परिस्थिति फरक छ । कोभिडले व्यवसाय धराशायी छ । यस्तोमा विभिन्न देशको प्रतिनिधित्व गर्ने राजदूतहरु नै पर्यटकीय गतिविधिमा सरिक भएर नेपालप्रति जुन सद्भाव देखाएका छन्, त्यो स्तूत्य र सह्रानीय छ ।

एउटा तस्वीर हजारौं शब्दभन्दा बलवान हुन्छ । राजदूतहरुले आफू सामेल भएको पर्यटकीय गतिविधिको तस्वीर सामाजिक सञ्जालमा राख्दा वा नेपालबारे केही कुरा बोलिदिँद मात्रै पनि त्यो देशका हजारौं पर्यटक नेपाल आउन सक्छन् । उनीहरुबाट आफ्ना देशका नागरिकलाई नेपाल घुम्न आउन आग्रह र सहजीकरण गरिदिँदा त झन सुनमा सुगन्ध हुन्छ । गण्डकी सरकारको निम्तोलाई राजदूत र कुटनीतिज्ञहरुले स्वीकार्नु,नेपालको ब्राण्ड बनेको पदयात्रामा सामेल हुनुले पर्यटन उद्योगमा ठूलो आशाको संचार गरेको छ । बाँकी काम त, नेपालीसँगै छ । आएका पर्यटकलाई आतिथ्यता प्रदान गर्न, उनीहरुलाई सहज तरिकाले आउने वातावरण एवं खुसी बनाएर फर्कने अवस्था सिर्जना गर्नेतर्फ अब ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->