बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

 मन्त्री आचार्यद्धारा ठूलीपोखरी खानेपानी आयोजनाको अनुगमन

 मन्त्री आचार्यद्धारा ठूलीपोखरी खानेपानी आयोजनाको अनुगमन


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७८, आइतबार

पर्वत / गण्डकी सरकारका उर्जा खानेपानी तथा जलश्रोत मन्त्री हरीशरण आचार्यले गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुबिधा दिन आफ्नो मन्त्रालय प्रतिवद्ध भएर लागेको बताए । पर्वतको ठूलीपोखरीमा रहेको ठूलीपोखरी खानेपानी आयोजनाको अवलोकन गर्दै मन्त्री आचार्यले स्वच्छ खानेपानी पाउने जनताको अधिकार स्थापित गर्न जनताको घरदैलोमै पुगेर योजना निर्माणको कार्य अगाडी बढाउने बताए । उनले संघीयताको मर्म पनि जनतासँग प्रत्यक्ष गएर सरकारको अनूभूति दिलाउने भएकाले आँफूहले घुम्ने कुर्चीमा नभई जनताको आँगनमा पुगेर अवस्था हेरी प्रक्रिया अगाडी बढाउने बताए ।

उनले जनताहरुले योजनाका लागि डेलिगेशन लिएर मन्त्रालयमा जाने परिपाटीको अन्त्य गर्दै गाउँ गाउँमा पुगेर नै योजना अगाडी बढाउनुपर्नेमा जोड दिए। उनले थालिएका योजनाहरु पुरा गराउन र नयाँ योजनाहरुको आवश्यकता हेरी शुरुआत गरिने समेत जानकारी दिए । योजनाहरु निर्माण गर्ने तर पुरा नहुँदै समस्या देखिने गरेकाले अबका योजनाहरु अवस्था हेरेर अगाडी बढाउन समेत कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा स्थानीयवासीहरुले खानेपानी अभावका कारण भोग्नुपरेका समस्याका बारेमा जानकारी गराउनुका साथै टुनीखोला, चिलाउनेखोला योजनाको काम छिटोभन्दा छिटो सक्न आग्रह गरेका थिए । अनुगमनका क्रममा मन्त्रालयका सचिब राम कुमार श्रेष्ठ र खानेपानी महाशाखाका प्रमुख प्रेम प्रकाश डोटेलले योजनाहरु समयमै सम्पन्न गर्न र लागत अनुसारको रकम व्यवस्थापन गर्न तयार रहेको जानकारी दिए । खानेपानी डिभिजन कार्यालयका ईन्जिनियर ईश्वरी प्रसाद शर्माले योजनाको प्राविधिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा कुश्मा नगरपालिका १२ ठूलीपोखरीका अध्यक्ष राजेन्द्र पौडेल, नेपाली काँग्रेस ठूलीपोखरीका सभापती कुमार सुबेदी, ठूलीपोखरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गंगा प्रसाद शर्मा, उपाध्यक्ष झलक रिमाल, सचिब युगनाथ पौडेल लगायले योजनाका विषयमा जानकारी गराएका थिए भने निर्माण व्यावसायिकोतर्फबाट भास्कर जोशीले योजनाको प्रगतिको बारेमा जानकारी गराएका थिए । अध्यक्ष गंगा प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गणेश पौडेल र स्वागत वडा अध्यक्ष राजेन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->