बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अखाद्य बस्तु र मानव स्वास्थ्य

अखाद्य बस्तु र मानव स्वास्थ्य


  • ढोरपाटन संबाददाता
  • असोज २६ २०७८, मंगलबार

चाडपर्व आएपछि बजार अनुगमन गर्ने पुरानै चलन हो । यो बेलामा नगरपालिका, उपभोक्ता मंच, प्रशासन र खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले कहिले छुट्टै त कहिले संयुक्त बजार अनुगमन गर्ने गर्छन् । यो चाडपर्व र असार मसान्तमा बढी लक्षित हुने गरेको छ ।

ह्ुन त बर्षमा दुइपटक अनुगमन गर्दापनी धेरै समस्याहरु देख्न सकिन्छ । समस्या मात्र नभइ हाम्रो बजारको वास्तविकता पनि भेटिन्छ । तर त्यो सदरमुकाम केन्द्रीत छ । अनुगमन भनेको अनुशासन र नैतिक पाठ सिकाउने माध्यम मात्रै हो । अनुगमनमा म्याद गुज्रेका सामान भेटिने, मूल्य सूचि नराख्ने, मूल्य भन्दा बढीमा बेच्ने, कालोबजारी गर्ने यस्तै टिकाटिप्पणी पनि हुने गर्छन् । तर नगन्य रुपमा ती समस्या देखिने गरेका थिए । तर पछिल्लो समय बागलुङमा डरलाग्दो अबस्था बजारमा देखिएको छ । त्यो भनेको मूल्य ठग्ने कुरा मात्र हैन, मानव स्वास्थ्यमा ठाडो लापरबाही भएको कुरा हो ।

खाद्यबस्तु, पेय बस्तुमा एकदुइ दिन म्याद नाघेको भएपनि वास्ता नहुन सक्छ । तर बर्षौ म्याद गुज्रेको सामान पनि खुलेआम बिक्री भैरहेको भेटिएको छ । अझै ती व्यपारीले आफ्नो कुरा ठूलो बनाउन निशेधाज्ञा लागेको, कोरोना संक्रमणका कारण सामान फिर्ता गर्न नपाएको जस्तो बाहना पनि बनाएका छन् । पछिल्लो समयको निशेधाज्ञा खुकुलो भएको पनि तीन महिना भैसकेको छ । तर व्यपारीले अझैपनि उपभोक्ताको आँखा मात्रै छलेका छैनन्, उनीहरुको जीवन मरणमा खेलीरहेका छन् ।

म्याद सकिएको खाद्यबस्तु, कुहिएको चामल र पेय पदार्थले मानिसको स्वास्थ्यमा जुनसुकै समयमा ठूलो क्षति गर्न सक्छ । बिषादी प्रयोग गरिएका सामानको त अझ हिसाबकितावै भएको छैन । हुनपनि किसानले ल्याएको तरकारी सामान्य पहेलो भएको वा किरा लागेको देख्दा हामी निकै हेपेर बोल्न थाल्छौं, तर पसलमा बिष बराबरको खाद्यबस्तु राखेर बेचिरहेकालाई हामीले केही भन्न सक्दैनौं । अझै उनीहरुले ठूलो कुरा गर्ने मात्र नभइ व्यपारीको संस्था लगाएर दवाव दिन पछि पर्दैनौं । त्यसमा प्रशासनले कडा कारवाही पनि गर्न सक्दैन । अझैपनि प्रशासनमा दलका नेता र ठूला व्यपारीहरु दवाव दिन गैरहेका छन् । एकैपटक दर्जनौं बोरा चामल कुहिएको र बेचिरहेका भेटेपछी पठाएको परीक्षणमा स्वास्थ्यमै प्रतिकुल असर पर्ने देखिएको थियो । तर उक्त चामल बरामद मात्रै गरियो, कारवाही भएन । एकडेढ बर्ष म्याद नाघेका बस्तु बेच्नेलाईपनि जरिवाना सुनाइएपनि अन्य कारवाही भएको छैन ।

क्तिपयले बजार अनुगमन गर्ने संस्थाकै पारदर्शीतामा प्रश्न उठाएका छन् । केही संस्थाका अगुवाले कतिपय पसलबाट मासिक वा कुनै समयमा पैसा र सामान उठाएर अनुगमन नगर्ने प्रवृत्ति पनि राखेको टिप्पणी भएको छ । यदी यस्तो क्रियाकलाप भएको हो भने पैसा र पदकोलागि उपभोक्ता ठग्ने प्रवृत्ति निरन्तर चलिरहनेछ । त्यसमा प्रशासन मौन बसेको खण्डमा उपभोक्ताले कहिले पनि न्याय पाउन सक्दैनन् । अझ बढी चासो गर्नुपर्ने नगरपालिकाले उपभोक्ता मंचलाई पैसा दिएर अनुगमनको ठेक्का दिएको रहेछ । यो पनि उचित मान्न सकिंदैन । किनकी अनुगमन भनेको कुनै सूचना दिएर, भत्ता दिएर भन्दापनि आवस्यकता र उजुरीको आधारमा गोप्य तथा छिटो छरितो हुनुपर्छ । जसले गर्दा तत्काल कारवाही गर्न सकियोस् । फेरीपनि चाडपर्व लक्षित अनुगमन देखाउनकालागि मात्रै भएको टिप्प्णी नहुने गरी काम गरियोस् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->