बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राजनीतिक स्थायित्व बिना समृद्धि हासिल गर्न सकिदैन्ः अध्यक्ष तिमिल्सिना

राजनीतिक स्थायित्व बिना समृद्धि हासिल गर्न सकिदैन्ः अध्यक्ष तिमिल्सिना


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७८, बिहिबार

पर्वत/ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभइ मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका छन् ।

पर्वतको पर्यटकीय गाउँ चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकको भविष्य निर्माण गर्नका लागि सुरुमा राजनीतिक स्थायित्व अपरिहार्य हुने बताए ।

अध्यक्ष तिमिल्सिनाले लामो समयको सङ्घर्ष र आन्दोलनपछि पनि नेपालमा राजनीतिक स्थायित्व र स्थायी शान्ति कायम हुन नसकेको उल्लेख गर्दै दलहरुबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण मुलुकले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्न नसकेको बताए । मुलुकमा गणतन्त्र आइसकेको अवस्थामा मुलुकको भविष्य निर्माणको मुख्य जिम्मेवारी यहाँका राजनीतिक दलहरुकै भएकाले अरुलाई दोष दिएर उम्कन नसकिने बताउँदै उनले एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गरी जुनसुकै दल सत्तामा पुगे पनि मुलुक निर्माणको साझा स्वार्थ हुनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक दल, तीनै तहका सरकार र आम जनप्रतिनिधिले मुलुकमा लगानीको वातारण बनाउनुपर्नेमा जोड दिँदै जबसम्म स्थायी शान्ति र राजनीतिक सन्तुलन कायम हुँदैन तबसम्म समृद्ध नेपालको नारा अधुरै रहने बताए ।

उनले मुलुकको आर्थिक विकास, सुशासन र समृद्धिका लागि दलहरु साझा दृष्टिकोणका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रवासी नेपालीले विदेशमा कमाएको पुँजी र सिकेको सीपलाई नेपालमा ल्याएर सदुपयोग गर्न सकेमा मात्र पर्वत र समग्र नेपालको विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, प्रदेशसभा सदस्य विकास लम्साललगायतले समग्र पर्वतको विकासका लागि अन्तर्राष्ट्रिय पर्वत समाजसँग आवश्यक सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
आजदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->