बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेतृत्व नफेर्ने अधिवेसन

नेतृत्व नफेर्ने अधिवेसन


  • Dhorpatan News
  • कार्तिक ९ २०७८, मंगलबार

अहिले एमालेको देशव्यापी अधिवेसनको लहर चलेको छ । लामो समय देखि अधिवेसन नभएकोले नयाँ चाडको रुपमा सबै कार्यकर्ता जुरमुराएका छन् । वडा देखि पालिका हुँदै केन्द्रीय महाधिवेसनकालागि चलेको यो लहरले पार्टीमा नयाँ उर्जा थप्ने देखिन्छ । समय समयमा पार्टीका कार्यकर्ता चलायमान हुने कार्यक्रम आएमा चुस्त संगठन बन्ने अबस्था आउँछ ।

तर नेपालका ठूला पार्टीहरुले नै समयमा अधिवेसन नगरेको इतिहास छ । संविधानले पनि चार बर्ष तोकेरै समय सिमा बनाइदिएको छ । तर नेपालका सबै राजनीतिक दलको समय सिमा सकिएको छ । त्यो भनेको एक किशिमको अबैध भएको अवस्था हो । तर तै चुप, मै चुप भएर दलहरु बसेका छन् । त्यही अबसर पारेर सत्ताधारी कांग्रेस, एमाले र माओवादीले वडा तहमा अधिवेसन गरिसकेका छन् । केहीमा कतै बिबाद त कतै प्रकृयागत भन्दै सबै दलले केही अधिवेसनहरु थाती राखेका छन् । अर्थात सबैभन्दा तल्लो तहको अधिवेसन भने शुरु गरिसकेकोले दलका नेताले प्रकृया थालेको बताउने गरेका छन् । प्रकृयागत रुपमा काम थालिएकोले केन्द्रको महाधिवेसन गर्न बाटो खुल्दै गरेको उनीहरुको दावी समेत छ ।

कांग्रेसमा अधिवेसन गर्दा नेतृत्वनै पराजित हुने खतरा देखेर आलटाल गरिरहेका छन् भने एमालेमा आँफैले फेरेको मापदण्डमा नपर्ने डरले अध्यक्ष केपी शर्मा ओलीले छिटो अधिवेसन गर्न खोजेका छन् । ७० बर्षबाट कार्यकारी पदमा बस्न नपाउने आफ्नै अघिल्लो महाधिवेसनको निर्णयबाट बाहिरिने डरले ओलीले आफ्नो उमेर सत्तरीकै हाराहारीमै महाधिवेसन सक्न खोजेका छन् । जती समय ढीला हुन्छ, त्यति ओलीले बैधानिक रुपमा अध्यक्ष बन्ने अबस्था गुमाउँछन् । उनमा पनि नेतृत्वमा दोहोरिने आस मात्र नभइ कुनैपनि बेला फेरी प्रधानमन्त्री बन्ने सपना छ । पटक पटक प्रधानमन्त्री भैसेका शेरबहादुर देउवा र पुष्पकमल दाहाल पनि आफ्ना पार्टीमा दोहोरिएर अध्यक्ष बन्ने दाउमै छन् । यसले नेपाली राजनीतिमा फेरी नैराश्यता ल्याउने, बिकास निर्माण तथा पार्टी संगठनमा अबरोध आउने भने निश्चित छ ।

पटक पटक परीक्षण भएका व्यक्तिनै नेतृत्वमा दोहोरिने अबस्थाले दोश्रो पुस्ताका नेताहरुले नेतृत्व नपाइकनै फेजआउट हुने खतरा बढेको छ । तेस्रो पुस्ताका युवाहरुले पनि नेतृत्व नपाएपछि चाकरी प्रथा, भ्रष्ट्राचार जस्ता कुकृत्यमा लाग्न थालेका छन् । आँफूपछि देश र जनताको अबस्था जेसुकै होस्, पार्टी रहेपनि नरहेपनि केही मतलब छैन भन्ने प्रवृत्ति नेताहरुले देखाउन थालेका छन् । झट्टहेर्दा महाधिवेसनमा केन्द्रीत भएको देखिने देउवा, ओली र दाहालका भित्रि चाहना भने ती नाटक मात्रै ह्ुन् । फेरीपनि सत्तामा आउने उनीहरुको दाउ छ । संविधान र कानुनमा लेखेको कुरा उनीहरुनै उलंघन गर्छन् । युवालाई नेतृत्व दिन उनीहरुनै डराउँछन् । अनि देशमा परिवर्तनको नारा दिन पनि छाड्दैनन् । यस्तै अबस्था हो भने सबै राजनीतिक दलको बैधानिकता मात्र हैन, औचित्य पनि समाप्त भएर फेरी सर्वसत्ताबाद, निरंकुशताको उदय हुने खतरा बढ्नेछ ।

दलको संस्थापकको रुपमा कांग्रेसले बीपी कोइराला, कम्प्युनिष्टले पुष्पलालको बयान गर्न छाडेका छैनन् । तर शुन्यतामा उनीहरुले गठन गरेको दल, प्रतिवन्धमा पनि बढाएको संगठन र युवा उमेरमै उनीहरुले पाएको सफलता र समयमै नेतृत्व हस्तान्तरण गरेको बिषय भने उदाहरणीय थियो । त्यो बयान गरेर नथाक्ने नेताले आफ्नो नेतृत्व हस्तान्तरणमा भने कहिले पचि चासो देखाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->