बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शिक्षकले भुलेको बाटो !

शिक्षकले भुलेको बाटो !


  • Dhorpatan News
  • कार्तिक १० २०७८, बुधबार

बागलुङको सिगानामा रहेको भगवती प्राथमिक विद्यालयका प्रधानाध्यापक सुरेश मल्ल कात्तिक ६ गते सम्पन्न वडा अधिबेशनबाट नेकपा एमालेको अध्यक्षमा सर्वसम्मत निर्वाचित भए । उनी निर्वाचित भएको खबर अखबारहरुमा आएपछि चौतर्फी आलोचना भयो । सर्वसम्मत भएको दुई दिनमा मल्लले राजिनामा दिए र वडामा अहिले निर्वतमान अध्यक्षलाई नै मनोनित गरियो । यो एउटा उदाहरण मात्रै हो । मल्ल एकजना पात्र बने । सरकारी सुविधा उपभोग गरेर राजनीतिमा राजगर्नेहरुको कुनै पनि पार्टीमा कमी छैन् ।

शिक्षा ऐन होस वा निजामती सेवा ऐन कुनै पनि कानुनले नैतिक पतन नहुनेगरी काम गर्न भनेका छन् । यसको अर्थ यो हो की साझा व्यक्तिको रुपमा कुनै सरकार वा गैह्र सरकारी क्षेत्रमा किन नहोस काम गरिरहेको छभने उसले नैतिकता प्रर्दशन गर्नैपर्छ । कानुनले राजनीतिमा नलाग्नु भन्ने कति ठाउँमा उल्लेख भएको होला कतिपय ठाउँमा त्यसको बिस्तृत व्यख्या गर्नुपर्ने गरी शब्दावली प्रयोग भएका होलान मुख्य बिषय कति नैतिकवान हुने भन्ने नै हो । अहिले चलिरेको वडा र पालिका अधिवेसनमा केही शिक्षकहरु अध्यक्ष लगायतका कार्यकारी पदमा निर्वाचित भएको बिषयले चर्चा पाएको छ । केही समयअघि कांग्रेसको अधिवेसनमा पनि केही व्यक्तिमा विवाद सिर्जना भएको थियो । कानुनकै कुरा गर्ने हो भने निजामती ऐनले त कर्मचारीलाई राजनीतिक दलको सदस्य समेत बन्न रोकेको छ । तर पेशागत संगठनको रुपमा राजनीति भैरहेको छ । सिगानका मल्लले राजीनामा दिँदैमा उनले दल छोडे भन्ने होईन् ।

यसअघि भएको कांग्रेसको अधिबेशनमा बागलुङकै बिहुँको अमर माविका प्रधानाध्यापक भीष्म कँडेल कांग्रेसको पालिकादेखि जिल्ला तहमा नेतृत्व छनौट गर्ने अधिकार प्राप्त प्रतिनिधि निर्वाचित भएका छन् । उनीसँगै सोही बिद्यालयका अन्य शिक्षक पनि प्रतिनिधि छन् । केही दिन पहिला राजीनामा दिएका सुन्तलाचौर माविका प्रधानाध्यापक नन्दलाल सापकोटा जैमिनी नगरपालिका–२ को वडा सभापती भए । यी सबै घटना मात्रै हुन् । घटना भित्र लुकेका परिघटनाको बिषयमा खोज्नु र चर्चा गर्नु अहिलेको आवश्यकता हो ।

शिक्षकहरु राजनीति पेशामा रहेर पनि गरिरहेकै छन् । होईन भने नन्दलाल र सुरेशको पार्टी अध्यक्ष बन्ने आधार कहाँबाट सिर्जना भयो । पेशामा रहँदै वा राजीनामा दिएको एक दुई दिनमानै राजनीतिको निर्णयक तहमा पुग्ने जनधार कसरी बनिरहेको छ ? यो खोजीको बिषय हो । शिक्षक वा कर्मचारी राजनीतिमा आए भन्ने चिन्ता होईन् । उनीहरुले पेशाप्रति कति प्रतिबद्ध भएर काम गरिरहेका छन् । कस्तो प्रतिफल आउनेगरी काम गरिरहेका छन् वा सरकारी ढिकुटीबाट तलबभत्ता खाएकाहरु राजनीतिक दलको झोला बोकिरहेका छन् भन्ने मुख्य प्रश्न हो ।

राजनीतिक गर्नका लागि राजनीतिमा जीवन बिताएका प्रसस्तै राजनीतिककर्मी छन् । जीवनभर पेशा व्यवसायम लागेर आफ्नो दुनो सोझाउने र निबृत्त जीवन राजनीतिमा आउनेका कारण एकातर्फ राजनीति गरेर जीवन व्यतित गरेकाका अवसर गुमेका छन् भने अर्कोतर्फ निबृत्त जीवनमा गरेको राजनीतिबाट उपलव्धीको के आशा गर्ने ? राजनीति पेशा होईन सेवा हो । अन्य कुनै सेवामा रहेकाहरु राजनीतिक सेवामा आउँदा भार थेग्न सकिँदैन् । जिम्मेबारी पाएको पेशामा आशातित् उपलव्धी पनि अपेक्षा गर्न सकिँदैन् । राजनीतिलाई सुद्धिकरण गरौं । बेला अधिबेशनको छ, यही समयमा राजनीतिमा रहेका बिकृतिलाई हटाउने र सच्चा राजनीतिकर्मीलाई अबसर दिने पेशा कर्मीलाई सुधार गर्ने आँट दलहरुले गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->