बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनगणनामा सहभागी होऔं : सही सूचना दिऊँ

जनगणनामा सहभागी होऔं : सही सूचना दिऊँ


  • Dhorpatan News
  • कार्तिक २८ २०७८, आइतबार

राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत गणकहरु तथ्याङ संकलनको लागि घरघर जाने उपक्रम सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक २५ गतेदेखि ९ गतेसम्म संचालन हुने राष्ट्रिय जनगणनालाई व्यक्तिको संख्या गन्नेमात्रै नभएर देश विकासको समग्र मार्गचित्र तय गर्ने अभियानको रुपमा अथ्र्याएका छन् । उनले जनगणनामार्फत् प्राप्त हुने व्यक्तिगत सूचनाहरु गोप्य रहने भएकाले सोधिएका सबै प्रश्नहरुको उत्तर दिन आमनागरिकसँग अनुरोध पनि गरेका छन् ।

हरेक १० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ । देश विकासको लागि नीति निर्माण गर्न सूचनाको आधारस्तम्भ भनेकै सही तथ्याङ्क हो । सही तथ्याङ्कले नै प्रशासनिक र कानूनी संरचना निर्माण,योजना तर्जुमा र कार्यान्वयन,अनुगमन र मूल्याङ्कनको बाटो खुल्छ । विकासका प्रतिफल एवं कमजोरीको मापन पनि तथ्याङ्ककै आधारमा गरिन्छ । अतः तथ्याङ्कलाई समाजको आर्थिक, सामाजिक,भौगोलिक,वातावरणीय अवस्थाको ऐनाको रुपमा लिइन्छ । योजनाविदहरुले तथ्याङ्कमै टेकेर योजना र नीति निर्माण गर्छन् । तथ्याङ्क संकलनको सबैभन्दा भरपर्दो माध्यम नै जनगणनालाई मानिन्छ । व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कबाट संकलित सूचना भरपर्दो र आधिकारिक हुन्छ । तथ्याङ्कले केन्द्रदेखि स्थानीय तहसम्मको नीति निर्माणमा सहायक भूमिका निर्वाह गरिहाल्छ । यसमानेमा नेपालको १२ औं राष्ट्रिय जनगणनाको विशेष महत्व रहेको छ ।

११ औं राष्ट्रिय जनगणनापछि नेपालको सामाजिक अवस्थामा ठूलो परिवर्तन आएको छ । हाम्रा आनीबानी र जीवनशैली बदिएको छ । भौतिक उन्नतिले ढिला नै सही, एउटा स्वरुप निर्धारण गरेको छ ।यी परिवर्तनले पारेका सकारात्मक र नकारात्मक दुबै प्रभावहरु जनणनामार्फत् प्रतिबिम्बित हुने नै छ । अर्कोतर्फ, देश संघीय शासन प्रणालीमा गएपछि भएका परिवर्तनको मापन गर्ने माध्यम पनि यही जनगणना बन्नुपर्छ । नेपालीहरुको फेरिएको जीवनशैली, पारिवारिक संचरना,वैदेशिक रोजगारी र रेमिट्यान्सको योगदानलाई पनि जनगणनाले समेट्ने छ । यसर्थः जनगणना आफैमा महत्वपूर्ण छ । जनगणकहरुलाई सोधेका सबैजसो प्रश्नको सही उत्तर दिँदा बेफाइदा हुने कुरै छैन । सही सूचनाले सही योजना निर्माणमा सघाउने भएकैले सही जानकारी दिनु यतिबेला नागरिकको कर्तव्य बनेको छ । रह्यो कुरा सरकारको, जनगणनामा संकलित विवरण तथ्याङ्क ऐन २०१५ बमोजित सबै जानकारीहरु गोप्य रहनुपर्छ । राज्यले व्यक्तिको गोपनीयता भंग हुँदैन भन्ने प्रत्याभूति गराउनैपर्छ भने गणकहरुले पनि झारा टार्ने किसिमले हैन कि राष्ट्रको लागि महत्वपूर्ण काम गर्दैछु भन्ने सोचेर सही तथ्याङ्क ल्याउने पहल गर्नुपर्छ । यसका लागि घरघरमा पुग्ने गणकले आफूलाई राज्यको प्रतिनिधिको रुपमा प्रस्तुत गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->