बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

न्यायधिवक्ता बास्तोला कारागार र हिरासतमा

न्यायधिवक्ता बास्तोला कारागार र हिरासतमा


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७८, बिहिबार

बागलुङ/ गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता रोहितराज बास्तोलाले बुधबार बागलुङ जिल्ला कारागार, प्रहरी हिरासतलगायतका स्थानको अनुगमन गरेका छन् ।
मुख्य न्यायधिवक्ताको कार्यालयबाट खटिएको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बास्तोला बागलुङ आएका हुन् । जिल्ला कारागार बागलुङमा पुगेर बास्तोलाले कैदीबन्दी र कर्मचारीको गुनासो सुने । कारागारमा रहेका समस्या, कैदीबन्दीको अवस्था, उपलव्ध सेवा सुविधा लगायतका विषयमा बास्तोलाले चासो राखेका थिए ।

कारागार संघीय सरकार मातहत रहेकाले त्यहाँ रहेका समस्या समाधानका लागि संघीय सरकारसँग अनुरोध गर्ने उनले बताए । क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण खानाबस्न, पानी र शौचालयलगायतको समस्या रहेको कैदीबन्दीले गुनासो गरेका थिए । बन्दीहरुले सिपमुलक तालिम आवश्यकता रहेको बताएका थिए ।
‘कारागारबाट निस्केपछि पनि काम गरेर खान सक्ने सिप सिक्न पाए राम्रो हुन्थ्यो’, एक बन्दीले भने ‘यहाँ मुडा बुन्नेबाहेक सीप सिक्न पाइँंदैन्, अरु सीपमूलक तालिम दिनुप¥यो ।’ बास्तोलाले बन्दीका समस्या सरकारले गम्भीर भएर सोच्ने बताए ।

जिल्ला प्रहरी कर्यालायको हिरासत कक्षको अनुगमन गर्दै उनले त्यहाँ रहेका आरोपीहरुको न्यायमा पहुँचको बिषयमा जानकारी लिए । बास्तोलालले कालीगण्डकी दोहनबाट प्राकृतिक सम्पदामा परेको असरको बिषयमा चासो राखेका थिए ।

प्रहरी निरीक्षक विजय भण्डारीले बागलुङतर्फको किनारमा दोहन कम रहेको र नियन्त्रण तथा उपयोगको अधिकार स्थानीय सरकारलाई भएकाले समस्या भएको बताए ।
बास्तोलासहित जिल्लामा क्रियाशिल मानव अधिकारकर्मी, सरकारी वकिल, नेपाल बार, पत्रकारलगायतको टोलीले अनुगमन गरेको थियो । बास्तोलाले बार एसोसिएसनसँग समेत बागलुङको न्याय सम्पादनका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->