बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सरोकारवालाको बैठकमा आयोजना प्रमुखले झुक्याए !

सरोकारवालाको बैठकमा आयोजना प्रमुखले झुक्याए !

बिहीबार सरोकारवाला राखेर कामका लागि प्रतिबद्ध बनाउन खोजिएपनि आयोजना प्रमुखले भने प्रमुख जिल्ला अधिकारीलाई नै झुट बोलेर बैठक भाँडे ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७८, शुक्रबार

बागलुङ – राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक–पटक बैठक भए । जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउँदै आएको छ । हरेक बर्षायाम सकिएर हिउँद लाग्दा जिल्लाका सरोकारवालाको बैठक प्रशासन कार्यालयमा हुन्छ । निर्णय पुस्तिकाका पाना भरिन्छन् तर काममा प्रगति हुँदैन् ।

जिल्ला प्रशासनले फेरि आयोजना र निर्माण कम्पनीलाई ताकेता गर्ने प्रयास ग¥यो । बिहीबार सरोकारवाला राखेर कामका लागि प्रतिबद्ध बनाउन खोजिए पनि आयोजना प्रमुखले भने प्रमुख जिल्ला अधिकारीलाई नै झुट बोलेर बैठक भाँडे । निर्माण कम्पनीका मालिक उपस्थित हुन्छन् भनेर डाकिएको बैठकमा आयोजनाको कुश्मास्थित कार्यालयका प्रमुख नारायणदत्त भण्डारी नै निर्धारित समयभन्दा ४५ मिनेट ढिलो उपस्थित भए । भण्डारीले बैठकमा सहभागिलाई दुई घण्टासम्म निर्माण व्यवसायी आउँदै गरेको भनेका थिए ।

१० बज्नै लाग्दा निर्माण व्यवसायीका प्रतिनिधि मात्रै बैठकमा उपस्थित भए । उक्त खण्डमा काम गरिरहेका दुई निर्माण कम्पनीका साईड इञ्चार्ज सौरभ घिमिरे बैठकमा उपस्थित भए । त्यत्तिकैमा प्रजिअले भने ‘मसँग हजुरले ठेकेदार आफै आउँछन् भनेर किन झुट बोल्नु भो यहाँ त अर्कै भाई आए, उनीसँग त के छलफल गर्नु सधैं भेट भैरहने साइड इन्चार्ज हुन नि’, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले आयोजना प्रमुखलाई सोधे, ‘किन झुट बोल्नु भो ? किन आएनन् व्यवसायी ?’

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, नेकपा एमालेका उपाध्यक्ष कृष्ण पाठक, नेपाली कांग्रेसका सभापति दिपेन्द्र थापा, नेकपा माओवादी केन्द्रका संयोजक ज्ञामनाथ गैरे, नेकपा एकिकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा, राष्ट्रि जनमोर्चाका अध्यक्ष अमर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष शैलेन्द्र श्रेष्ठलगायत केही जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार र अन्य सरोकारवाला बैठकमा थिए । निर्माण व्यवसायी नै नआएकाले आयोजनासँग छलफल गर्नुको कुनै औचित्य नरहेको भन्दै सबै हिँडे ।

‘सर्कुवामा अनुगमनको कार्यक्रम थियो, उहाँ पुग्ने बेलासम्म यहाँ कुरेर बसियो, ठेकेदार आउलान भनेको उनका दुतमात्रै आए’ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले भने ‘यो आयोजनाको अपमान र काम नगर्ने प्रवृत्तिको चित्र हो ।’ समयमा काम नगर्न कै लागि आयोजनाले निर्माण व्यवसायीलाई उपस्थित नगराएको आरोप ढुंगानाले लगाए ।

पार्टी महाधिबेशनअन्र्तगत प्रदेश क्षेत्र र संघीय क्षेत्रको निर्वाचन तयारीमा रहेका कांग्रेस सभापति दिपेन्द्र थापा पटक–पटक निस्कन खोज्दै थिए । तर, निर्माण व्यवसायी आए जनताका समस्या र काम नभएको बिषयमा आफ्ना कुरा राख्न उनी रोकिए । तर, अन्तिम समयमा निर्माण व्यवसायीका प्रतिनिधि मात्रै आएपछि आयोजना र निर्माण व्यवसायीका बीचमा स्वार्थ बाझिएको आरोप लगाउँदै उनी निस्किए ।

पार्टी काम छोडेर छलफलमा बसेका राजमो अध्यक्ष अमर थापाले पनि ठेकेदार र आयोजना दुवैको लापरवाही रहेको बताए । कोरोनाको बहानामा यसपटक देशभरका निर्माण व्यवसायीले चैत मसान्तसम्मको म्याद पाएका छन् । लोकमार्गको २५ किलोमिटर खण्डको काम पाएका निर्माण कम्पनीले पनि चैतसम्मको समय पाए ।

निर्माण कम्पनीको लापरवाहीका कारण ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दा समेत कालोपत्रेको काम रोकिएको सरोकारवालाको आरोप छ । काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्नुपर्ने नेताहरुले बताए ।
२०७२/७३ मा सुरु भएको बिहुँ खण्ड र ०७३/७४ मा सुरु भएको बागलुङ अक्षेते खण्ड तीन बर्षमा सकिनुपर्ने थियो । ६ वर्ष समय बितिसक्दा समेत म्याद थप्नेबाहेक काम भएको छैन् । म्याद थप्ने समयमा मात्रै देखिने मजदुर म्याद थप भएपछि देखिन छोड्छन भने निर्माण उपकरण थन्किने गरेका छन् ।

बागलुङ अक्षेते खण्ड स्तरोन्नती र कालोपत्रेको जिम्मेवारी पाएको भारत सिद्धिसाही जेभीले १२ दशमलब ५ किलोमिटर र बिहुँ घोडाबाँधे खण्डको जिम्मेबारी पाएको सूर्य कन्ट्रक्सन दुवैले चित्तबुझ्दो काम नगरेको उनीहरुको आरोप छ । निर्माण व्यवसायीकै उपस्थितीमा तत्काल अर्को बैठक बसेर आयोजनाको बिषयमा छलफल गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->