बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शिक्षा ऐन छिटै आउँछ : मन्त्री पौडेल

शिक्षा ऐन छिटै आउँछ : मन्त्री पौडेल


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७८, आइतबार

बागलुङ/नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले शिक्षा ऐन छिटै आउने बताएका छन् । उनले ऐनको ड्राफ्ट भएको र संसद अधिवेसन बस्ने बित्तिकै आउने गरी तयारी भएको बताए ।
प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा आएका पौडेलले शिक्षा ऐन नभएकै कारण शिक्षा क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । उनले बिद्यालय तथा नेपालको सार्वजनिक शिक्षामै सुधार गर्न आवस्यक भएको र सोकोलागि सबै प्रकारका तयारी भएको उनको भनाइ छ ।

शिक्षक महासंघको माग अनुसार मन्त्रीकै संयोजकत्वमा गठन भएको १४सदस्यीय समितिले शिक्षा क्षेत्र सुधारकालागि काम गरेको उनले बताए । ‘मेरे संयोजकत्वमा शिक्षा क्षेत्र सुधार गर्न कार्यदल बनाएका छौं, हामीले गुणस्तरीय शिक्षाकालागि आबस्यक पर्ने सबै सूचक लागू गर्न खोज्दैछौं’ उनले भने, ‘शिक्षकहरुका माग पुरा गर्ने र शिक्षामा रहेका बेथिती अन्त्य गर्ने हाम्रो लक्ष छ ।’ १७ प्रकारका शिक्षकलाई मिलाएर कक्षा कोठामा बस्ने र गुणस्तरीय शिक्ष दिने व्यवस्था गर्ने उनले योजना सुनाए ।

उनले बाल शिक्षाका शिक्षकले तलब अनिवार्य बढ्नुपर्ने बताए । केही पालिकामा अझै नपाएको कुरा आएको भन्दै राज्यको नीति सबैले मान्नुपर्ने र श्रम ऐन पालना गर्न सरकार प्रतिवद्ध रहेको पनि उनको धारणा थियो । उनले शिक्षक दरबन्दी मिलान मार्फत शिक्षक र बिद्यार्थी अनुपात मिलाउने काम भैरहेको समेत बताए ।

केन्द्रीय तहमा पनि धेरै सुधारका काम थालेको दावी गरे । जमलमा केन्द्रीय पुस्तकालय बनाउने, शिक्षक सेवा नियमाबली बनाउने र शिक्षक अस्पताल बन्ने कुरा आफ्नै पालामा थालिएको समेत उनको दावी थियो । जिल्ला तहमा रहेको शिक्षा बिकास तथा समन्वय इकाइ र पािलकाको समन्वय र सम्बन्ध राम्रो बनाउन पनि पहल गरिने उनको भनाइ छ । सरकारले तीनै तहको निर्वाचनकोपनि तयारीमा जुटिसकेको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->