बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कोभिडको नयाँ भेरिअन्टप्रति सजग बनौं

कोभिडको नयाँ भेरिअन्टप्रति सजग बनौं


  • Dhorpatan News
  • मंसिर १३ २०७८, सोमबार

नेपालमा हालसम्म कोभिड–१९ विरुद्धकामे १ करोड ९७ हजार ८ सय ६६ मात्रा खोप खपत भइसकेको छ भने विभिन्न दाताहरुबाट २ करोड ५४ लाख ७० हजार ६ सय ३० मात्रा खोप आएको तथ्याङ्क रहेको छ । ३ करोड ५६ लाख ९१ हजारभन्दा बढी खोपको मात्रा आउने निश्चित भइसकेको छ । १८ वर्षभन्दा कम उमेरकालाई फाइजरको खोप दिने प्रक्रिया सुरु भएको छ । सरकारले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिन मातहतका निकायहरुलाई निर्देशन दिएको छ । खोप पर्याप्त रहेको तथा आउँदो पुस महिनाभित्र दुई तिहाइ र वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने सरकारी लक्ष्य पूरा गर्न अभियान तीव्र पारिनुपर्ने सरकारी अधिकारीहरुको भनाई छ । १८ वर्ष माथिका सबै नागरिक तथा गर्भवतीलाई पनि खोप लगाउने निर्णय भएको छ । खोप कार्यक्रम सुस्त भइरहँदा विश्वमा पुनः ओम्रिकोन भेरिअण्टको संक्रमण बढेको छ । भारतसहित विश्वका धेरै देशहरुले ओम्रिकोनबाट बच्न कठोर सुरक्षा रणनीति अख्तियार गरेका छन् । दक्षिण अफ्रिकाबाट तीव्र गतिमा फैलिएको ओम्रिकोन अहिलेसम्मकै सबैभन्दा खतरनाक भेरियण्टको भएको विज्ञहरुको भनाई छ । हाल उपलब्ध खोपले पनि ओम्रिकोनलाई परास्त गर्न नसकिने हो कि भन्ने आशंका गरिएको छ । ओम्रिकन फैलन नदिन युरोपेली तथा अन्य विभिन्न राष्ट्रहरुले सुरक्षा प्रबन्ध गरिरहँदा नेपालमा भने प्रभावकारी तयारी देखिएको छैन । भला, स्वास्थ्य मन्त्रालयले विदेशबाट आउनेहरुमाथि निगरानी गर्ने घोषणा गरेको छ । दक्षिण अफ्रिकाबाट नेपालमा सिधा उडान नभएपनि त्यताबाट आउनेहरुलाई एक हप्ता क्वारेण्टिनमा राख्ने निर्णय भएको छ ।

पूर्ण खोपको प्रत्याभूत नहुँदा नेपालमा त्यसैपनि संक्रमणको जोखिम बढी छ । कोभिडका पुरानै भेरिअण्टको संक्रमण कायम रहेको अवस्थामा नयाँ भेरिअण्ट फैलियो भने झन खतरानाक हुने निश्चित छ । अहिले पनि नेपालमा कोभिडको दोस्रो भेरिअण्टका ७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोभिड लक्षित यसअघिका सुरक्षा प्रबन्धहरु स्थगनमा छन् । राजनीतिक दलहरुका महाधिवेशन केन्द्रीत गतिविधिहरुका कारण भीडभाड बढिरहेको छ । अत्यधिक भीडभाडले संक्रमण फैलने खतरा बढ्दै गएको छ । संक्रमण कायमै रहेको र नयाँ भेरिअण्ट आउने सम्भावना बढ्दै गएकोप्रति राज्य संवेदनशील हुनुपर्छ । कोभिडको पहिलो र दोस्रो लहरबाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको छ । पुनः अर्को लहर आउँदा हाम्रो स्वास्थ्य प्रबन्ध र अर्थतन्त्र ध्वस्त हुने खतरा बढेको छ । यो तथ्यप्रति राज्य संवेदनशील बन्नुपर्छ । पहिलो र दोस्रो लहरको क्रममा भएका गल्तीहरु यो पटक दोहोरिनु हुँदैन । संकटको यो घडीमा नागरिक स्वयं आफ्नो अनि समाजको सुरक्षाप्रति संवेदनशील बन्नुपर्छ भने सरकारले कायम संक्रमण घटाउन एवं नयाँ भेरिअण्ट फैलन नदिन प्रभावकारी तयारी थाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->