बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सामन्ती संस्कारले हिंसा सिकायो

सामन्ती संस्कारले हिंसा सिकायो


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७८, मंगलबार

बागलुङ/ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले नेपालको सामन्ती संस्कार अन्त्य गर्न नसक्दा समाजमा महिला हिंसा बढेको बताएका छन् ।
राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित विद्यालय स्तरमा हुने हिंसा सम्बन्धमा शिक्षक, बिद्यार्थी र व्यवस्थापन समितिका पदाधिकारी सँगको अन्तरक्रियामा ढुंगानाले नेपालको सामन्तवादी संस्कार हिंसाकोलागि दोषी भएको बताए ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य सावित्राकुमारी शर्माले लैंहिक तथा महिला हिंसा न्युनिकरण गर्न बालबालिकादेखिनै सभ्यताको विकास हुनुपर्ने बताइन् । ‘कुसंस्कार र कुरीति नहटाएसम्म हिंसापनि रोकिंदैन’ उनले भनिन्, ‘अपराधपछि दण्ड दिनुभन्दा आपराधिक मानसिकता बन्नै नदिने वातावरण चाहिएको छ ।’

कार्यक्रममा उपसचिव लक्ष्मी पराजुली आचार्य र जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले कार्यपत्र प्रस्तुती गरेका थिए । उक्त अवसरमा आचार्यले निषेधाज्ञाको समयमापनि हिंसाका घटना अत्याधिक बढेको जनाकारी दिइन् ।
हिंसा बढी हुनेमा बागमती प्रदेश भएपनि समग्रतामा देशभरीनै घटना बढेको उनले बताइन् । चेतनाको विकासले कतिपय घटना बाहिर आउन सकेको बताइन् । आयोगले राखेको गुनासो पेटिका तथा फोनबाट पनि उजुरी आउने गरेको हो । उनका अनुसार २ सय ३५ हिंसाका घटना गत वैशाखदेखि असार मसान्तसम्म मात्रै भएका थिए । गत बर्ष ११ वटा बलात्कारका घटना आयोगमा उजुरी परेका थिए । एकसय १० वटा यातना, र १ सय २४ कुटपिटका घटना भएका थिए ।
निशेधाज्ञाकै समयमा आयोगले १ सय ३३ जनालाई कानूनी सेवा दिएको, ९३ जनालाई मनोसामाजिक परामर्श दिलाएको थियो । एक वर्षभरीमा ने १ हजार २८ घरेलु हिंसा, १५ हजार उजुरी लिएको उनले बताइन् । तीमध्ये ५ हजार २ सय ४५ मुद्दा अदालत र प्रहरीमा सिफारिस गर्नु परेको उनले जानकारी दिइन् ।

जिल्ला तहमा पनि हिंसाका घटना बढीरहेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताए । ‘साइवर अपराधमार्फत हिंसा बढेका छन्’ उनले भने, ‘त्यस्ता पीडितलाई न्याय दिने प्रहरीमा पहुँच समेत छैन ।’ बिदेशमा बसेर हिंसा गरेका, ठगेका र मानसिक यातना दिएका घटना भएको र प्रक्रियागत रुपमा नेपाल प्रहरीको पहुँच नपुगेको उनले बताइन् ।

आयोगकी सदस्य साबित्रा कुमारी शर्माको अध्यक्षता शाखा अधिकृत बिष्णुकुमारी न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्य समितिका उपप्रमुख विष्णु भुषाल, शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्याय, बिद्यालय व्यवस्थापन समितिहरुको तर्फबाट बाबुलाल शाक्य, शिक्षकहरुको तर्फबाट गंगाकुमारी शर्मा, विद्यार्थीहरु सुवास शर्मा र समीक्षा नेपालीले मन्तव्य राखेका थिए । मंसिर १० देखि हिंसाविरुद्ध १६ दिने अभियान संचालनमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->