बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सचेत बनौं, सम्हालिऔं

सचेत बनौं, सम्हालिऔं


  • Dhorpatan News
  • मंसिर १६ २०७८, बिहिबार

कोभिडको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा प्रभाव नेपालसम्म आइपुगेको छ । नेपालले दक्षिण अफ्रिकाबाट आउने पर्यटकहरुलाई प्रवेशमा रोक लगाएको छ भने स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान नागरिकहरुसँग आग्रह गरेको छ । करिब २० देशमा फैलिएको ओमिक्रोनको संक्रमणबाट बँच्न विभिन्न देशहरुले कडा प्रावधानहरु घोषणा गरिसकेका छन् । ओमिक्रोनकै कारण अष्टेलिया र जापान जान खुट्टा उचालेका विद्यार्थीहरु रोकिएका छन् । विश्वका धेरै देशहरुले कडा प्रावधानहरुका कारण नेपाल आउन चाहने पर्यटकहरु उतै रोकिने अवस्था आएको छ भने संक्रमणबाट बँच्न जिल्ला कोभिड व्यवस्थापन समितिहरुले कडाइ गर्न थालेका छन् । हिमाल पारिको जिल्ला मुस्ताङले ताजा पीसीआरबिना जिल्ला प्रवेशमा रोक लगाएको छ । मुस्ताङका सबै नागरिकले कोभिडविरुद्धको खोप पाइसकेका छन् । पर्यटकीय जिल्लामा विदेशबाट आउने पाहुनाले संक्रमण फैलाइदिए भने रोकथाम गर्न कठीन हुने ठानेर स्थानीय प्रशासनले सो निर्णय गरेको हो । हाम्रा हिमाली जिल्लाहरुमा स्वास्थ्य पूर्वाधारहरु नै छैनन् । रोग लागिहाल्यो भने उपचार नपाउने अवस्था छ । त्यस्तोमा संक्रमण फैलन नदिन गरिएको निर्णय अनुचित छैन तर यसले नेपालको पर्यटन उद्योगलाई भने पुनः प्रभावित गर्ने निश्चित छ ।

कोभिड संक्रणम सुरु भएसँगै नेपालको पर्यटन उद्योग ओरालो लाग्यो । दुई वर्षसम्म विदेशी पर्यटकहरु आएनन् । जसले गर्दा हजारौंले रोजगारी गुमाए भने अरबौं लगानीमा संचालित होटल, रेष्टुराँहरु धरासायी हुनपुगे । कोभिड मत्थर भएसँगै नेपालको पर्यटन उद्योगले गति लिन थालेको थियो । विदेशी पर्यटकहरुले पुनःनेपाल घुम्न थालेका थिए भने आन्तरिक पर्यटन फस्टाएको थियो । व्यवसायीहरु आशावादी बनेका थिए । पर्यटन उद्योग माथि उठ्ने आशा पलाएको थियो । नयाँ भेरियन्टको संन्त्रासले व्यवसायीहरुको आशामा तुषारापात गरिदिएको छ । शरदकालीन पर्यटकीय सिजन त सकिएको छ तर संक्रमण मत्थर नभए, संक्रमण रोक्न कडा प्रावधानहरु राख्ने वाध्यकारी अवस्था सिर्जना भए नेपालमा विदेशी पर्यटक आउन पाउने छैनन् । विषमता ढोकैमा आएको छ । एकातिर संक्रमणबाट बँच्नु छ भने अर्कोतिर पर्यटन उद्योगसहित अर्थतन्त्र जोगाउनु छ । विषमताको यो क्षणमा ज्यान सबैभन्दा प्यारो हुनुपर्छ । पहिलो सर्त संक्रमण फैलन नदिनु नै हो भने दोसे अर्थतन्त्र ऋणात्मक बन्नुबाट जोगाउनु हो । अतः विषमताको यो क्षणमा नागरिक सचेत बन्नुपर्ने भएको छ । सरकारले सुरक्षा प्रबन्ध एवं खोप लगाउने वातावरण निर्माण गर्दै पर्यटन उद्योग बचाउन रणनीतिक कदम चाल्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->