
पोखरा – नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणनामा पौडेल पक्षका सभापति प्रत्यासी शुक्रराज शर्माको जीत निश्चित भएको छ । खसेको ११४६ मत मध्ये ११०० मत गणना हुँदा सभापतिका प्रत्यासी पौडेल पक्षका शर्माले ५८५ र देउवा पक्षका अर्जुन प्रसाद जोशीले ५१० मत पाएका छन् । अव ४६ मत मात्रै गणना हुन बाँकी छ ।
गण्डकी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश हो। यहाँ सभापति शेरबहादुर देउवा पक्षसँगको प्रतिस्पर्धालाई उनले प्रतिष्ठाको लडाइँ मानेका थिए।





