बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘खाद्य वस्तुको गुणस्तर र सफाइमा ध्यान दिऔं’

‘खाद्य वस्तुको गुणस्तर र सफाइमा ध्यान दिऔं’


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७८, शुक्रबार

बागलुङ/ सडक छेउमा बेचिने खाद्यपदार्थमा स्वच्छता कायम गर्न नसके मानव स्वास्थ्यमा गम्भीर असर पर्ने सरोकारवालाले बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङले आयोजना गरेको सडक छेउमा बिक्री हुने खाद्य पदार्थको स्वच्छतासम्बन्धी अभिमूखिकरण कार्यक्रममा सहभागीले स्वच्छताका लागि तोकिएका मापदण्ड पालना गर्नुपर्नेसमेत बताए ।

कार्यक्रममा उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने काम गर्नेलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने बताए । ‘उपभोक्ताको हितविपरीत काम गर्नेलाई कारवाही गर्न डराउनु हुँदैन,’ उनले भने, ‘तपाईंहरु सक्नुहुन्न भने हामी कारवाही गरेर देखाउँछौं ।’

‘आजको स्वच्छ भोजन, भोलीको स्वस्थ्य जीवन, खाद्य पदार्थमा स्वच्छता हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ बागलुङमा कार्यालयले होटल व्यवसायीसँगको अन्तरक्रिया गरेको थियो । उक्त अन्तरक्रियामा सहभागी होटल व्यवसायीले सडक पेटीमा बेचिने खाद्यवस्तु अखाद्य भएपनि होटललाई आरोप लाग्ने गरेको बताएका थिए । होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले सकेसम्म सरसफाइ र स्वच्छता कायम गर्न व्यवसायी सक्रिय रहेको बताए ।
कार्यक्रममा कार्यालय प्रमुख सौरभ श्रेष्ठले कार्यपत्र प्रस्तुतिकरण गर्दै खाद्य ऐन २०२३ र नियमावली २०२७ आकर्षित हुनेगरी कारवाही गर्नुपर्ने अवस्था आउन नदिन व्यवसायी नै चनाखो बन्नुपर्ने बताए । उनले ठेला गाडी सफाइ गर्ने, फलफूल र तरकारी सफा पानीले पखाल्ने, पकाएको र काँचो वस्तु छुट्टै भण्डारण गर्ने, शाकाहारी र मांसाहारी खानालाई छुट्टै चक्कु र डाडुपन्यु प्रयोग गर्ने, सफा लुगा र एप्रोन लगाउने, खाना बनाउनु अघि साबुनपानीले हातधुने, बिरामी पर्दा खाना नपकाउने, सफाइका लागि सफा कपडा प्रयोग गर्ने र धुने जस्ता काम गर्नुपर्ने उनले सुझाए ।

बागलुङमा ठूला र साना गरी २ सयबढी होटल तथा रेस्टुरेन्ट छन् । ती होटल र रेस्टुरेन्टमा खाना र खाजा खाँदा सफाईमा ध्यान नदिए धेरै मानिस बिरामी पर्ने डर हुने उनले बताए । साथै, अधिकांश छाप्रामा सञ्चालित रेस्टुरेन्टमा शौचालय सफा नहुने, पानीको व्यवस्थापन नभएको र साबुनसमेत नभएकोले चाहेकोले पनि सफाई गर्न नपाउने गरेकोले अनिवार्य रुपमा सफाइको काम गर्न पनि उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->