बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रतिष्पर्धा स्वस्थ र मर्यादित होस्

प्रतिष्पर्धा स्वस्थ र मर्यादित होस्


  • Dhorpatan News
  • मंसिर २७ २०७८, सोमबार

नेपाली कांगेसको १४ औं महाधिवेशनअन्तर्गत आज चुनावी प्रक्रिया सुरु भएको छ । कांंग्रेस आफूलाई देशको सबैभन्दा लोकतान्त्रिक पार्टी दावी गर्छ ।दावीजस्तै लामो इतिहास र प्रजातान्त्रिक संस्कार बोकेको कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिष्पर्धालाई प्राथमिकता दिइएको छ । प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी सभापतिको उम्मेदवार बनिरहँदा यी नेताहरुको पछाडि लागेर अन्य पदमा पनि चर्को प्रतिष्पर्धा देखिएको छ । सभापतिमा अघिल्लो पुस्ताका नेताहरु प्रतिष्पर्धामा छन् भने पदाधिकारी तथा सदस्यहरुमा नयाँ र पुराना दुबै पुस्ताका नेताहरुले भाग्य अज्माइरहेका छन् । स्वस्थ प्रतिष्पर्धा लोकतन्त्रको जग हो । पार्टीको आन्तरिक जीवनमा पनि प्रतिष्पर्धाबाट आफूलाई श्रेष्ठ सावित गराउनु खोज्नुलाई किमार्थ गलत भनिँदैन । तर, प्रतिष्पर्धा चाहिँ मित्रवत् हुनुपर्छ । एकले अर्कालाई निषेध गर्ने,जित्नैको लागि साम,दाम,दण्ड र भेदको प्रयो गरिनु हुँदैन । प्रतिष्पर्धामा उत्रिएपछि जय वा पराजय जे भएपनि सहर्ष स्वीकार्नु पर्छ । प्रतिष्पर्धा मतभेद र विभाजनको कारक बन्नु हुँदैन ।नेपाली कांग्रेसले विभाजनको पीडा भोगिसकेको छ । वर्तमान सभापति शेरबहादुर देउवाले विभाजित र एकढिक्का भएको कांग्रेसको नेतृत्व सम्हालिसकेका छन् । विभाजनको पीडा उनलाई राम्रैसँग थाहा छ । महाधिवेशनको मुखमा उनी स्वयंले मित्रवत प्रतिष्पर्धाको लागि सबैसँग आग्रह गरेका छन् । हुनुपर्ने यही हो ।

अपितु, कांगे्रसको चुनाव सोचेजस्तो मित्रवत नहुने लक्षणहरु देखिएका छन् । प्रतिष्पर्धीहरुले संस्थापन पक्षबाट राज्यशक्तिको दुरुपयोग गरिएको आरोप लगाइएको छ । समूह नै बनाएर प्रतिष्पर्धा हुँदा व्यक्ति गौण बनेको छ भने समूह हावी बनेको छ । मतदातालाई प्यानलको लिष्ट बनाएर वितरण गरिनु तथा अर्को पक्षलाई विभिन्न आक्षेपहरु लगाउनुलाई कुनै पनि कोणबाट लोकतान्त्रिक र स्वच्छ प्रतिष्पर्धा मान्न सकिँदैन । मतदाताहरुलाई आफ्नो विवेक प्रयोग गर्न स्वतन्त्र छाडिनुपर्छ । उनीहरुलाई प्रभावित गर्ने गतिविधिहरु त्याग्नुपर्छ । जसले जिते पनि कांग्रेसले नै जित्ने हो भन्ने मान्यतालाई सबै उम्मेदवारहरुले मनन गर्नुपर्छ । प्रतिष्पर्धा चर्को भइरहँदा संस्थापन अर्थात् सत्ताको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवा बढी जिम्मेवार बन्नुपर्छ । सत्ताको प्रयोगबाट सभापति जितेको आक्षेपमात्रै लाग्दा पनि उनको छवि खस्कन्छ । १४ औं महाधिवेशन स्वयंको साख बढाउने अवसर हो भन्ने उनले मनन गर्नुपर्छ । कांग्रेसले आफूलाई सच्चा लोकतान्त्रिक संस्कार भएको पार्टी प्रमाणित गर्दा देशको राजनीति शुद्धीकरणमा सघाउँछ भन्ने ठान्नुपर्छ । मतदान स्वतन्त्र,निष्पक्ष र पारदर्शी बन्नुपर्छ । मतदान पूर्व जेजस्ता कृत्यहरु भए पनि मत दिने मतदाताले नै हो । कांंग्रेसका मतदाताहरुले आफ्नो विवेकलाई बन्धक बनाउनु हुँदैन । पुस्तान्तरणको चरणमा रहेको तर आफ्नो लय बिर्सेको कांग्रेसलाई चुस्त बनाउन उनीहरुबाट विवेकपूर्ण मतदान हुनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->