बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पुँजीबजारलाई नगिजोल

पुँजीबजारलाई नगिजोल


  • Dhorpatan News
  • मंसिर २८ २०७८, मंगलबार

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक अभिव्यक्तिले सोमबार शेयर बजार ह्वात्तै ओरालो लाग्यो । प्रचण्डले शेयर बजारलाई पुँजीबजारलाई साम्राज्यवादको एक रुप भनेसँगै बजार ओरालो लाग्न सुरु ग¥यो । आइतबार ८८ र सोमबार ७९ अंकले पूँजी बजार घट्यो । २ दिनमा लगानीकर्ताहरुले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाए । प्रचण्डले औद्योगिक क्षेत्रमा गरिनुपर्ने लगानी पूँजीबजारमा गर्नु साम्राज्यवादको अर्को रुप भएको अभिव्यक्ति दिएका थिए । पुँजी उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने धारणा गलत हैन तर शेयर बजार भनेको लगानी संकलन गर्ने माध्यम हो भन्ने नबुझ्दा प्रचण्ड समस्यामा परेका हुन् ।

पछिल्लो सयम शेयर बजारमा धेरै सर्वसाधारणहरु जोडिएका छन् । शेयर बजारमा उनीहरुको प्रवेश पुँजी सुरक्षणकै लागि हो । हो, सर्वसाधारणले शेयर बजारबाट नाफाको अपेक्षा गर्छन् । आफूसँग भएको पुँजी कतै लगानी गरिन्छ भने निश्चय पनि नाफाको आशा राखिन्छ । अर्कोतर्फ, शेयर बजार भनेको सर्वसाधारणसँग रहेको पुँजी एकत्रित गर्ने माध्यम हो । सर्वसाधारणसँग छरिएर रहेको पुँजी एकत्रित हुँदा त्यो उत्पादनमुखी कार्यमै प्रयोग हुन्छ/गरिनुपर्छ । खुला अर्थतन्त्र भएका धेरै मुलुकहरुमा सर्वसाधारणको लगानीबाट स्थापित उद्योगहरुले लोभलाग्दो सफलता प्राप्त गरेका छन् । साना लगानीकर्ताले पनि त्यत्तिकै लाभ लिन सकेका छन् । नेपालको सन्दर्भमा शेयर बजारका केही खेलाडीहरुले बजार प्रभावित गर्दा सर्वसाधारण ठगिने सम्भावनालाई नकार्न सकिँदैन तर त्यही निहुँमा शेयर बजारप्रति नै नकारात्मक धारणा सिर्जना गर्न मिल्दैन । देशका पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिबाट आउने अभिव्यक्ति कति गम्भीर हुन्छ भन्ने त प्रचण्डको अभिव्यक्तिले प्रष्ट भइसकेको छ । अझ, यतिबेला उनै प्रचण्ड नेतृृत्वको माओवादी केन्द्रका नेता जनार्दन शर्मा देशको अर्थमन्त्री छन् । बजारमा तरलताको अभाव भएको तथा शेयर बजारमा मन्दी आएको बेला उत्साहजनक अभिव्यक्ति दिनुको सट्टा लगानीकर्ता भड्काउने अभिव्यक्ति सुहाउने कुरा हैन । पुँजीबजारको अनुगमन जरुरी छ । सर्वसाधारणहरुको लगानी नफसोस् भन्नेमा राज्य गम्भीर बन्नुपर्छ । बजारलाई नियमन गरिनुपर्छ । शेयर बजारबाट एकत्रित पुँजीमा साना लगानीकर्ताको पहुँच हुनैपर्छ । तर,उत्तेजनापूर्ण अभिव्यक्तिमा जिम्मेवार नेताहरुले अंकुश लगानुपर्छ । नेपालको पुँजीबजार धर्खराएको छ । अब यसलाई सही दिशा दिने काममा सरकार र अर्थमन्त्रालय नै अघि सर्नुपर्छ । सर्वसाधारणको लगानी जोखिममा पार्ने काम कहीँकतैबाट हुनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->