बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

करेन्ट लागेर बेपत्ता भएका गंगाको शव भेटियो

करेन्ट लागेर बेपत्ता भएका गंगाको शव भेटियो


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७८, बुधबार

पर्वत / निर्माणाधीन मध्यमोदी जलविद्युत आयोजनामा काम गर्दैगर्दा करेन्ट लागेर पानीमा बेपत्ता भएका पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका ३२ वर्षीय गंगाबहादुर नेपालीको शव फेला परेको छ।कास्कीको अन्नपूर्ण गाउँपालिका५ मा बस्दै आएका नेपालीले पर्वतको मोदी गाउँपालिका२ मा रहेको जलविद्युत आयोजनामा काम गरिरहेको अवस्थामा सोमबार बिहान करिब ११ बजेको समयमा करेन्ट लागेको थियो। पानीको ओभरफ्लो फाल्ने ठाउँ टेल लेसमा काम गर्ने क्रममा करेन्ट लाग्दा नेपाली पानीमा डुबेका थिए।

गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसारनेपालीको उद्धारको लागि प्रहरी निरीक्षक प्रदीप पौडेल र प्रहरी चौकी देउपुर, पर्वतबाट प्रहरी नायव निरीक्षक भरत गौतम सहितको टोली घटनास्थलमा पुगेको भए पनि उनी भेटिएनका थिएनन्।

अवस्था अज्ञात रहेपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, बिपद ब्याबस्थापन कार्यालय बागलुङबाट प्रहरी नायव निरीक्षक टिकेन्द्र थापा र सशस्त्र प्रहरी निरीक्षक पुरन प्रसाद न्यौपानेको कमान्डमा झन्डै ६५ जना प्रहरी परिचालन हुँदा पनि उनको अवस्था पत्ता लाग्न सकेन।मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रदीप पौडेल सहितको टोलीले घटनास्थलमा पुगेर खोजी गर्दा नेपालीको शव घटना भएकै टनेलमा फेला परेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->