बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बिहे खर्च कटाएर स्कलुलाई सहयोग

बिहे खर्च कटाएर स्कलुलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७८, बुधबार

पर्वत/ पर्वतको कुश्मा नगरपालिका१, पाङका रामचन्द्र रिजालले आफ्नो बिहे खर्च कटाएर विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । रिजालले वैवाहिक कार्यक्रममा हुने फजुल खर्च कटाई स्थानीय पाङ धैरेनी माध्यमिक विद्यालयलाई ५० हजार एक सय ५१ रुपैयाँ प्रदान गरेका हुन्।

यसअघि पनि पाङको टार निवासी चण्डीप्रसाद रिजालले छोरा बशुनन्दन रिजालको व्रतबन्धको अवसरमा ५० हजार र आफ्नै जन्म दिनको अवसरमा पाँच हजार गरी ५५ हजार रुपैयाँ सोही विद्यालयलाई प्रदान गरिसकेका छन्।
आर्थिक समस्याका कारण गाउँकै सामुदायिक विद्यालयले शैक्षिक गतिविधिहरू सञ्चालन गर्न कठिनाइ भएको देखेपछि अनावश्यक खर्चलाई जोगाएर विद्यालयको लागि सहयोग गरेको सहयोगदाता रामचन्द्रले बताए। ‘पहिले पहिले त यस्तो तडकभडक गर्दै धेरै खर्च गरेर बिहे गर्ने चलन थिएन, जन्मदिनमा पनि उस्तै खर्च चलन अहिले बढेको छ,’ उनले भने, ‘गाउँकै विद्यालय हो, यहाँ गरेको सहयोगले हाम्रै छोरा नातिको सिकाइको काम राम्रो हुन्छ।’

सहयोग रकम बुझ्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वस्थानी रिजालले स्थानीय विद्यालयलाई स्थानीयले नै सहयोग गर्ने र त्यसमा अपनत्व भएको महसुस गर्ने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कियो भनेर चिन्ता मानेर बस्नुपर्ने अवस्थाको अन्त्य हुने बताइन्। वैवाहिक समारोहमा हुने खर्च कटाएर विद्यालयमा गरिएको सहयोगप्रति आभार प्रकट गर्दै उनले अनावश्यक रूपमा गरिने खर्चलाई सामाजिक काममा लगाउने हो भने त्यसले दीर्घकालीन उपलब्धि हासिल गर्ने उनको भनाइ छ।

‘अहिले पनि सामुदायिक विद्यालयको गुणस्तर खस्कियो भनेर चिन्ता मानेर बसिरहनु परेको छ। तर, हामी हाम्रै समुदायमा रहेको विद्यालयलाई बेवास्ता गरिरहेका छौं,’ उनले भने, ‘सबैले ध्यान दिन सकेमा शैक्षिक उपलब्धि राम्रो हुने थियो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->