बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कांग्रेस सभापति देउवासँगको अपेक्षा

कांग्रेस सभापति देउवासँगको अपेक्षा


  • Dhorpatan News
  • पुष १ २०७८, बिहिबार

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा पुनः सभापतिमा चुनिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले पुनः सभापति बन्न दोस्रो चरणको निर्वाचनको सामना गर्नुप¥यो । कांग्रेसको विधान अनुसार पहिलो चरणमा ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा चुनाव दोस्रो चरणमा पुगेको थियो । देउवाले नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारको विरासत बोकेका डाक्टर शेखर कोइरालालाई पराजित गरेका हुन् । डडेलल्धुराको सामान्य परिवारमा जन्मेका देउवाको संर्घष र मेहनतले नै आजको ठाउँमा आइपुगेका हुन् । नेपालको लोकतान्त्रिक आन्दोलन र कांग्रेसको संगठन निर्माणमा उनको. ठूलो योगदान छ । त्यही योगदानका कारण उनी ५ पटक देशको प्रधानमन्त्री र कांग्रेसको नेतृत्वमा आइपुगेका हुन् । सभापतिको रुपमा दोस्रो कार्यकाल हाँक्ने अवसर पाइरहँदा उनीमाथि कांग्रेसलाई तथा प्रजातान्त्रिक पद्दतिलाई बलियो बनाउने दायित्व थपिएको छ ।

शेरबहादुर देउवाको विगत जति गर्विलो छ, त्यति नै विवादित रहेको छ । देउवा शक्तिमा रमाउने,गुट निर्माण गर्ने र विचारभन्दा पदलाई महत्व दिने व्यक्तिको रुपमा चिनिन्छन् । जनमतको अपमान गर्दै संसद विघटन गरेर उनले लोकतन्त्रमाथि नै प्रहार गरेका थिए । राजाको शासनमा पनि सत्तामा गएको तथा राज्यशक्तिको दुरुपयोग गरेकाजस्ता आरोपबाट पनि उनी मुक्त छैनन् । कम बोल्ने तर चतुर देउवा सत्ता र शक्तिको दुरुपयोग गर्ने पात्रको रुपमा पनि चर्चित छन् । यावत् दुर्गुणका वावजुद पनि उनी कांग्रेसको सभापति चुनिएका छन् । कुनैबेला पार्टी फुटाएका देउवाले आफूमाथि लागेका यावत् आरोपहरुलाई मिथ्या सावित गर्ने, प्रतिष्पर्धामा उत्रिएकाहरुलाई समेटेर अगाडि बढ्ने तथा आउँदो चुनावमा कांग्रेसलाई बलियो अवसर प्राप्त भएको छ । पार्टी सभापतिको रुपमा कांग्रेसलाई वास्तविक लोकतान्त्रिक पार्टी बनाउने अभियानमा लागे भने पक्कै उनले सफलता प्राप्त गर्नेछन् । देशको पुरानो यो पार्टीले लिने नीति र विचारले देशको भविष्यसमेत निर्धारण गर्छ । कांग्रेस जिम्मेवार बन्दा त्यसको लाभ देशले पाउँछ । अत ः सभापतिको रुपमा देउवाले कांग्रेसलाई बलियो बनाउने तथा स्पष्ट नीतिसहितको पार्टी बनाउनुपर्छ । भ्रष्टाचारप्रति शुन्य सहनशीलता अपनाउने, नातावाद र कृपावादबाट मुक्त हुने एवं विगतका गल्तीहरुबाट सिक्दै आफ्नो छवि उजिल्याउने काममा उनी लाग्नुपर्छ । समयले उनलाई अवसर दिएको छ । उनीबाट ठूलो अपेक्षा छैन । तर, पुराना गलत क्रियाकलाप नदोहो¥याए पुग्छ । देउवा राष्ट्रप्रति जिम्मेवार बनून् । शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->