बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बलात्कार अभियोगमा एक युवा पक्राउ

बलात्कार अभियोगमा एक युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७८, शुक्रबार

पर्वत/ जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारको आरोपमा एक जना २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार जिल्लाको मोदी गाउँपालिका८, चित्रेका जितेन्द्र नेपालीलाई बिहीबार नियन्त्रणमा लिइएको हो।

नाम र ठेगाना गोप्य राखिएकी एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडित भनिएकाको तर्फबाट प्रहरीमा उजुरी परेपछि नेपालीलाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर अधिकारीले बताए। किशोरीलाई बलात्कार गरेको भन्दै आफन्तको तर्फबाट उजुरी परेपछि मोदी गाउँपालिकामा नै रहेको प्रहरी चौकी देउपुर पर्वतबाट खटिएको प्रहरी टोलीले जितेन्द्रलाई पक्राउ गरेको हो। उनलाई करणीसम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->