बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अब अर्थतन्त्र सुधारौं

अब अर्थतन्त्र सुधारौं


  • Dhorpatan News
  • पुष ६ २०७८, मंगलबार

कोराना संक्रमणले लामो समय देखि देश लकडाउनमा प¥यो । धेरैको ज्यान गयो । धेरै मानिस बिरामी परे । संक्रमणकै कारण देशको समग्र अर्थतन्त्र थला प¥यो । अहिले पनि सयौंले रोजगारी गुमाएका, परिवार गुमाएका र अझै बिभिन्न संकटमा गुज्रनु परेका घटनाहरु सवत्र छन् । कोरोना संक्रमणको महामारी अझै सकिएको छै्न । तर केही कम भएको छ ।

पछिल्लो समय संक्रमणको दर भन्दा निको हुने दर सरदरमा बढी छ । तरपनि मृत्युदर दुइ देखि ६ जना सम्म हरेक दिन भैरहेकै छ । यद्यपी सयौं बिरामी एकैपटक भेटिने अबस्था अहिले छैन । त्यसैल लामो समयको उकुसमुकुस खोलेर नेपालीहरु केही घुम्ने फिर्ने, आर्थिक क्रियाकलाप संचालन गर्ने र बिद्यालय तथा कलेजहरु संचालन गर्नेमा लागेका छन् । छिटफुट रुपमा केही बिद्यालयका बिद्यार्थीमा संक्रमण देखिन्छ । जसका कारण अझैपनि त्रास कायम छ । जहाँ संक्रमण देखियो, त्यहींमात्रै लकडाउन गरेर संक्रमणलाइ घटाउने प्रयास पनि भैरहेको छ ।

त्यसोत ओम्रिकन भेरियन्टकोपनि असर विश्वभर देखिएको छ । कतिपय देशमा ठूलै समस्या आइसकेको छ भने नेपालमा पनि एकदुइजना संक्रमित भैसकेका छन् । त्यसबाट जोगिनुपर्ने अबस्था फेरी आएको छ । तर देशको अर्थतन्त्र मजबुत बनाउनकालागि पहिला झै निशेधाज्ञा लगाएर मात्र हुँदैन । बरु आफ्नो समूह सुरक्षित बनाउने र सोही अनुसार काम गर्नुपर्छ । भ्रमणमा हिडेका समूह आँफू सुरक्षित छन् भने अर्को समूहमा नमिसिने गर्दा जोखिम कम हुन्छ । किनकी सुरक्षित भएर यात्रा गर्ने, आर्थिक क्रियाकलाप गर्ने कुरामा सचेतना अपनाउन सकियो भने जोखिमबाटपनि बच्ने र कामपनि नरोकिने अबस्था आउँछ । शंकास्पद स्थानबाट आउनेले क्वारेन्टाइन वा घरमै सुरक्षित बस्ने बानी बसाल्नु पर्छ । कोरोना अब देख्ने वित्तिकै सर्ने रोग होइन भन्ने सबैले बुझी सकेका छन् । सरसफाइ र भौतिक दुरी कामय गर्दा यो रोगबाट बच्न सकिन्छ भन्ने प्रमाणित भैसकेको छ ।

अबको दिनमा लकडाउन गरेर मात्रै समस्या समाधान हुँदैन । बरु सबैलाई खोप लगाउने, संक्रमणबाट बच्ने, लक्षण देखिएमा तत्काल उपचार गराउन राज्य समेत लाग्नुपर्छ । निशेधाज्ञाको नाउँमा आम जनताले दुख पाउने अबस्था छ । अर्थतन्त्र चलायमान नभएमा जनताले भोकभोकै मर्नुपर्ने अबस्था आउँछ । यस अघिका हरेक क्रियाकलाप, निशेधाज्ञा, कोरोना संक्रमणको फैलावट सबै बिषयबाट ज्ञान लिएर सबैखाले संक्रमणबाट बच्नुपर्ने आजको आवस्यकता हो । कोरोना बाहेकका धेरै रोगहरु हाम्रो समाजमा छन् । सचेतना अभावमा धेरै मृत्युहरु अन्य रोगबाट भैरहेका छन् । त्यसैले अब कोरोनालाई हाउगुजी ठानेर होइन, बरु अबसरको रुपमा लिएर अगाडि बढ्नुपर्छ । भीडमा नगइ हुने काम घरमा बसेर गर्न सकिन्छ । कतिपय बैठक र भेलाहरु जुमबाट गर्न सकिने कोरोनालेनै सिकाएको हो । यद्यपी राजनीतिक दलहरुले भेला, महाधिवेसन यही समयमा गरेका छन् । तरपनि मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने जस्ता काममा बालबालिका देखि हरेक नागरिक सचेत भएको देखियो । ग्रामीण क्षेत्रमापनि कोरोना बारे सचेतना बढेको छ । आएका पाहुनालाई स्वागत गर्दापनि उनीहरुले मास्क लगाउने बानीको बिकास गरेका छन् । खानपानमा पनि परिवर्तन आएको छ । शक्ती प्रदान गर्ने खानाको खोजी र जोहो गर्ने बानीको बिकास भएकोले अब कोरोना संक्रमण आउनेजाने क्रम रहेपनि सचेतना मार्फत छल्ने काम सबैले गर्नैपर्छ । देशको अर्थतन्त्रमा सुधार ल्याउने औषधी अब सचेतना र हिम्मतनै हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->