शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

भरुवा बन्दुक सहित युवा पक्राउ

भरुवा बन्दुक सहित युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७८, शुक्रबार

पोखरामा भरुवा बन्दुक सहित एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ मजुवामा बोरामा बन्दुक बोकेर हिडिरहेको अवस्थामा गणेश गुरुङलाई पक्राउ गरेको हो ।

कास्की माछापुच्छे« गाउँपालिका ५ रिभानका ३४ वर्षिय गणेशलाई खानतलासी गर्नेक्रममा १ थान बन्दुक सहित बन्दुकमा लाग्ने केप १ थान र बारुद १५ ग्राम फेला पारेको हो ।

ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको टोलीले शंका लागेर खान तलासी गर्दा बन्दु भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनी विरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->