बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बलेवामा सञ्चालित शिविरमा २२५ जनाको स्वास्थ्य परीक्षण

बलेवामा सञ्चालित शिविरमा २२५ जनाको स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०७८, आइतबार
बागलुङ/ बागलुङको बलेवामा सञ्चालित मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी एक दिने शिविरमा दुई सय २५ जनाले निशुल्क परीक्षण गराएका छन् । बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक दिने शिविरमा बलेवा क्षेत्रका बिरामीहरुले सेवा लिएका हुन् ।

निशुल्क शिविरमा मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी समस्या भएका नारायणस्थान, अमलाचौर, पैञ्युँपाटा र कुश्मीशेरा लगायतका स्थानबाट बिरामी उपचारका लागि पुगेका थिए । शिविरको प्राविधिक व्यवस्थापन कुश्मा अस्पताल प्रालिले गरेको होे ।

सबै बिरामीको परीक्षण पश्चात आवश्यक सल्लाह र औषधि उपचार निशुल्क उपलव्ध गराईएको सहकारीका प्रवन्धक भरत पौडेलले बताए । ७० हजार बराबरको औषधि सहकारीले निशुल्क बिरामीलाई उपलब्ध गराएको हो ।
शिविरमा वरिष्ठ फिजिसीयन तथा मुटुरोग विशेषज्ञ डा. एसके जयसवाल, स्नायु तथा मानसिक रोग विशेषज्ञ डा दिपेश भट्टराई नेतृत्वको चार सदस्यीय चिकित्सक र २२ सदस्यीय स्वास्थ्यकर्मीको समूहले परीक्षण गराएका थिए ।
नारायणस्थान स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले शिविरमा सघाएका थिए । परीक्षणका क्रममा मुटुरोगसम्बन्धी नियमित औषधि सेवन गर्नेहरुको स्वास्थ्य सुधार भएको पाइएको एक चिकित्सकले बताए ।

खानपान र दैनिकीका कारण मुटुका रोगीहरु बढ्दै गएका रोगको पहिचान र समयमा उपचारका लागि सामाजिक उत्तरदायित्वअन्र्तगत सहकारीले शिविर आयोजना गरेको हो । ‘जेष्ठ नागरिकहरुका लागि शिविर लाभदायक बन्यो,’ प्रबन्धक पौडेलले भने, ‘महिलाहरु धेरैले आफ्नो मुटु र स्नायुको परीक्षण गराउनुभएको छ ।’

शिविरमा आएका बिरामीमध्ये केहीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेकाले चिकित्सकले अस्पताल जान सुझाएका छन् । धेरैमा गम्भीर खालको समस्या नदेखिएको भएपनि केही बिरामीलाई देशका विभिन्न सरकारी अस्पताल सिफारिस गरिएको हो । गाउँमा पुगेर बिरामीको सेव ागर्न पाएकोमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पनि खुसी व्यक्त गरे ।

शिविरमा प्रयोगशाला, इसिजी, इको जाँच लगायतका सेवाहरु निशुल्क उपलव्ध गराईएको पौडेलले बताए । शिविरको उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिका १४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले शिविर वडाबासी र छिमेकीका लागि अबसर बनेको बताए । सहकारीका अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष धनबहादुर रोकाको स्वागतमा भएको कार्यक्रमको सञ्चालन प्रबन्धक पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->