बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अराजकता अस्वीकार्य

अराजकता अस्वीकार्य


  • Dhorpatan News
  • पुष १३ २०७८, मंगलबार

‘१२ वर्षसम्म कुकुरको पुच्छर ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै’भन्ने उखान सिके राउतको हकमा सार्थक देखिएको छ । हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको बताउने उनी नेतृत्वको जनमत पार्टीले पछिल्ला दिनहरुमा सिराहा जिल्लामा भएका हिंसात्मक घटनाले उनी नसुध्रिएको प्रष्ट भएको छ । पृथकतावादी एजेण्डा उठाएर तराइमा हिंसा मच्चाएका उनी स्वयंले ३ वर्षअघि शान्तिपूर्ण गतिविधिमा आउने प्रतिवद्धता जनाएका थिए । केही समयसम्म उनले शान्तिपूर्ण अभियान संचालन गरे । तर, उनले पुरानो बानी पुनः दोहो¥याएका छन् । कानून हातमा लिएर कर्मचारीको मानमर्दन गर्ने, आगजनी,बन्द र चक्काजाममा उत्रिएर उनले कानूनविपरीतका गतिविधि गरिरहेका छन् । जनतालाई आतंकित बनाएका छन् । व्यक्तिको सम्पत्तिमा आगजनी गरेर सो पार्टीले आपराधिक हर्कत दोहो¥याएको छ । राज्यको कानूनलाई चुनौती दिएको छ ।
राजनीतिक दलहरुसँग शान्तिपूर्ण रुपले आफ्ना एजेण्डा राखेर आन्दोलन गर्ने छुट पक्कै छ । जनमत पार्टीले उठाएका केही एजेण्डाहरु जनपक्षीय पनि देखिएका छन् तर ती एजेण्डा कार्यान्वयन गराउन हिंसामा उत्रनुलाई कुनै पनि कोणबाट न्यायोचित मान्न सकिँदैन । नेपाली समाजले हिंसा र उदण्डताको दुष्चक्र भोगेको छ । समाजले अब हिंसा उदण्डता सहन सक्दैन । हिंसाबाट राजनीति एजेण्डा स्थापित गराउन सकिँदैन । अहिले सिके राउतले पुरानो र काम नलाग्ने सूत्र उपयोगमा ल्याएका छन् । जुन सर्वथा गलत छ । अराजतकताको बाटोबाट राजनीतिक दल स्थापित हुन सक्दैन । अतः सिके राउतहरुले अहिले लिएको बाटो तत्काल छाड्नुपर्छ । शान्तिपूर्ण राजनीतिको माध्यमबाट जनताको मन जिते सत्तामा पुग्न सकिन्छ भन्ने कुरा सिके राउतले नबुझ्ने कुरै भएन ।, तर, उनले अटेरी गरेका छन् । कानून उलंघन गरेका छन् र अराजकता मच्चाएका छन् । उनको अराजतकता तत्काल रोकिनुपर्छ । राउत स्वयं सच्चिन तयार भएनन् भने राज्यले उनीमाथि कारवाही गर्नुपर्छ । आतंक मच्चाउने समूहलाई राजनीतिको नाममा छुट दिइयो भने त्यसले अराजक समूहलाई नै प्रोत्साहन गर्छ । सिके राउतलाई छुट दिँदा केही वर्षअघिजस्तै मधेशमा आतंकवादी समूह बढ्न सक्छ भन्ने कुरा बेलैमा मनन गरिनुपर्छ । राजनीतिकको नाममा अपराध गर्नेहरु दण्डित हुनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->